फ्रिजको खानेकुराले कसरी रोग निम्त्याउँछ ?



हाम्रो इकोनोमि

 

 

उहिले फ्रिज थिएन । पूर्खाहरुले ताजा खानेकुरा नै खाए । आज फ्रिज छ । हामी बासी खानेकुरा खाइरहेका छौं । फ्रिज भएपछि बाँकी रहेको खानेकुरा पनि ताजा रहन्छ भन्ने लाग्छ । त्यही कारण एकसाथ धेरै खानेकुरा पकाउने र बाँकी रहेको फ्रिजमा राख्ने गरिन्छ ।

धेरै पटक पकाउन झन्झट नहुने र समयपनि बचत हुने । तर, यस किसिमको प्रवृत्तिले हामी ताजा खानेकुराबाट विमुख हुँदै गएका छौं । फ्रिज हुनुको फाइदा छ । यद्यपी फ्रिज हुँदा जति फाइदा छ, त्यो भन्दा बढी बेफाइदा ।

भान्सामा अनिवार्य फ्रिज

हिजोआज भान्छामा लाग्ने समय बचाउनका लागि खाना पकाएर फ्रिजमा राख्ने चलन बढ्दै गएको छ । जसले व्यस्त महिलालाई सजिलो पनि भएको छ । बिहान नै खाना बनाएर फ्रिजमा राख्दा कामबाट थाकेर आउँदा पुनः भान्छामा समय दिनु पर्दैन । यसले तपाईंको समय र मेहिनत दुवै बच्छ ।

बिहानको खाना बेलुका खाँदा त ठिकै हो तर कोहि-कोहिले हप्ताभरीको लागि एकैपटक खाना बनाएर पनि राख्ने गरेकेा पाइन्छ । फ्रिजमा राखेको त हो नि के फरक पर्छ र ? भन्ने सोचेर त्यस्ता खानेकुरा प्रयोग गरेको पाइन्छ, जुन गलत हो ।

त्यसरी एक हप्ता अगाडि पकाएर राखेको खाना खानाले स्वास्थलाई हानि पुर्‍याउँछ । पकाएर राखेको खाना लामो समयसम्म फ्रिजमा राखेको खानेकुरा खानाले ब्याक्टेरियाको संक्रमण भएर धेरै रोगहरु लाग्न सक्छ । पकाएर राखेका खानेकुरा लामो समयसम्म प्रयोग गर्नाले के कस्ता हानि हुन्छ ?

फुड प्वाइजन

बासी खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छन् भन्ने तथ्य फेला परेको छ । लामो समयदेखि  पकाएर राखेको खाना खाँदा त्यसमा उत्पन्न भएका ब्याक्टेरियाका कारण फुड प्वाइजन हुन सक्छ ।

पेट सम्बन्धि समस्याहरु

दुई घण्टा भन्दा अगाडि बनेको खाना खाँदा स्वस्थमा नराम्रो असर गर्छ । बासी खानेकुरा खाँदा त्यसमा उत्पन्न भएका ब्याक्टेरिया पेटमा पुगेर कुहिन थाल्छ । जसका कारण पेट दुख्ने जस्ता अनेक समस्याहरु देखिन थाल्छ । एक-दुई दिन पुरानो खानाले त पेट दुख्नुको साथै बान्ता समेत हुन थाल्छ । फ्रिजमा राखेको बासी खाना खाँदा ग्यास, एसिडिटी र पेट दुख्ने जस्ता समस्याहरु हुन सक्छ ।

 झाडापखाला

बासी खाना खाँदा झाडापखाला लाग्छ, जसले गर्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन जान्छ । झाडापखालाले शरीरलाई कमजोर बनाइदिन्छ । गाउँ-घरमा आज पनि  समयमा नै झाडापखालाको उपचार नहुँदा मानिसको मृत्यु हुने गर्छ ।

खानामा पौष्टिकता रहँदैन

फ्रिजमा राखेकेा बासी खानाको स्वादमा तपाईलाई कुनै फरक अनुभव नभएता पनि बासी खानामा सबै पौष्टिक पदार्थ नष्ट भैसकेको हुन्छ । स्वाद कम हुनु पौष्टिक पदार्थ नष्ट हुनुको साथै शरीरलाई हानी गर्ने ब्याक्टेरिया पनि उत्पन्न भैसकेकेा हुन्छ ।

यी समस्याहरुबाट बच्नका लागि सधै ताजा खानेकुरा खानु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...