छालामा अचानक कसरी देखिन्छ निलो दाग ? यस्ताे छ कारण



हाम्रो इकोनोमि

 

 

हाम्रो शरीरको विभिन्न ठाउमा कहिले कहिँ अचानक रगत जमेको जस्तो निलो दागहरु देखिने गर्छ । यस्तो निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ । राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा यस्तो दाग अचानक देखिन सकिन्छ, बिस्तारै पर्पल र गहिरो रङ भएर जान्छ र केहि दिनमा आफै निको हुन्छ । शरीरमा अचानक यसप्रकारको निलो दाग देखिएमा, बोक्सीले टोकेको एउटा अन्धविश्वास समेत रहेको देखिन्छ ।

छालको कुनै भागमा चोट लाग्दा वा कतै ठोक्किदा रक्त नलिमा क्षति पुग्न गइ ठोकिएको भागमा निलो दाग देखिने गर्छ । चोट लाग्दा वा अन्जानमा ठोकिदा उक्त ठाउँमा रगत जम्ने गर्छ र यस्तो निलो दाग बस्न जान्छ । तर, कहिले काही विना चोटपटक पनि हाम्रो शरीरमा यस्तो दाग हुने गर्छ । बंशाणुगत कारणले पनि छालामा यस्तो निलो दाग देखिन सक्छ । हाम्रो शरीरमा रगत उत्पादन गर्ने क्षमतालाई कमजोर भएको खण्डमा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

धेरै जसो भिटामिन सी, के र मिनरलले तरल पदार्थबाट रगत बनाउने र चोट लागेको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । त्यसैले शरीरमा भिटामिन तथा मिनिरलको कमी हुँदा छालामा यस्तो निलो दाग देखिने गर्छ । शरीरमा आइरनको कमीले एनिमियाको समस्या हुन सक्ने भएकोले आइरनको कमीले पनि शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण मध्ये एक हो ।

बढी उमेरका मानिसमा वा बृद्धहरुमा यस्तो निलो दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो सुर्यको किरणले रक्तनलीलाई कमजोर बनाएर शरीरमा पहिले रातो र बिस्तारै निलो रंगको दाग बनाउने गर्छ । शरिरमा निलो दाग हुनुको अर्को मुख्य कारण भनेको हामीले अत्याधिक गरेको एक्सरसाइज पनि हुन सक्छ ।

आवश्यकताभन्दा बढी एक्सरसाइज वा बढी तौल उठाउने गर्दा मांशपेशीमा धेरै बल पर्न जान्छ र शरिरका विभिन्न भागमा निलो दाग देखिन थाल्छ । हाम्रो शरीरको कोलोजन नामक विकार तत्वको कारणले गर्दा हाम्रो कोशिका र रक्त नलीलाई कमजोर बनाएर रगत नलीलाई सजिलै टुटाउने गर्छ । जसले गर्दा शरिरका विभिन्न ठाउँमा निलो दागहरु देखिन सक्छ ।

हाम्रो शरीरमा प्रोटीनको तुलनामा रगतको कमी भएमा सानो चोट(पटक तथा ठोकिएपछि अत्याधिक रगत बग्ने गर्छ र यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग हुने गर्छ । रगत पातलो बनाउने औषधीको तथा माछाको तेल, धेरै लसुनको सेवन तथा विभिन्न खानेकुराको प्रयोग गर्दा हाम्रो रगतलाई जम्नबाट रोक्ने काम गर्छ र हाम्रो शरीरमा यस्तो समस्याहरु देखा पर्न सक्छ ।

क्यान्सर भएको बेलामा र क्यान्सरको उपचार गर्दा गरिने किमोथेरापीका कारणले शरिरमा पटक पटक निलो दाग देखिने गर्छ । शरीरमा धेरै जसो निलो दागहरु देखा पर्ने गर्छ भने यसलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दागहरु हाम्रो शरीरमा क्यान्सरको संकेत समेत हुन सक्छ ।

थप जानकारी :

पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ ।

यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग ? के यसले स्वास्थ्यमा असर गर्छ ?

किन बस्छ निलो दाग ?

छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ ।

चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।

भिटामिन र मिनरल्सको कमी

– कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ ।

– भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र निलो दाग देखिन सक्छ ।

– यसमा भिटामिन सीको पनि भूमिका हुन्छ । भिटामिन सीले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ । त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्छ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।

– जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो ।

वन विलीब्रान्ड डिजीज

वन विलीब्रान्ड डिजीज एक यस्तो समस्या हो जसको कारण अत्याधिक रक्तश्राव हुने गर्छ । वान विलीब्राण्ड नामक प्रोटीनको तुलनामा रगतको कमी भएमा यस्तो समस्या हुने गर्छ । यो रोग लागेमा चोट-पटकपछि अत्याधिक रगत बग्ने गर्छ । यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग देखिने गर्छन् ।

क्यान्सर वा किमोथेरापी

किमोथेरापीको अवस्थामा ब्लड प्लेटलेट्स ४ लाख भन्दा तल अउन सक्छ । यस्तो अवस्थामा शरिरमा पटक-पटक निलो दाग देखिने गर्छ । निलो दागलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दाग क्यान्सरको संकेतसमेत हुन सक्छ ।

थ्रोन्बोफिलिया

ब्लीडिग डिसअर्डरको कारण पनि यस्तो समस्या हुन सक्छ । थ्रोन्बोटिक थ्रोन्बोसाइटोपेनिया पप्र्यूरा (टीटीपी) वा आइडियोपेथिक थ्रोन्बोसाइटोपेनिक पप्यूरा -आइटीपी) भएमा प्लेटलेट्स कम हुने गर्छ । यसले शरिरको रगत उत्पादन गर्ने क्षमतालाई पनि कमजोर बनाउने काम गर्छ । जसले गर्दा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

कोलोजनको कारण

बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन भूमिका खेल्छ । कोलोजन नामक विकार तत्वको कारणसमेत यस्तो समस्या हुन्छ । कोलोजनले कोशिका र रक्त नलीलाई कमजोर बनाउँछ र त्यस्ता नली सजिलै टुटेर जान सक्छन् । जसले गर्दा शरिरका कैयौँ ठाउँमा निलो दाग देखिने गर्छ ।

औषधी र सप्लीमेन्ट

कुनै कुनै औषधी र सप्लीमेन्ट प्रयोगको कारण पनि छालामा निलो दाग देखिने गर्छ । व्ाार्फ]{रन र एस्पिरिन जस्ता रगत पातलो बनाउने औषधीको प्रयोग गर्दा कतिपयलाई यस्तो समस्या हुन्छ । किनकी यस्तो औषधीले रगतलाई जम्नबाट रोक्ने काम गर्छ । यसका साथै प्राकृतिक सप्लीमेन्ट जस्तो की जिन्को विलोवा, माछाको तेपल, लसुनको बढी प्रयोगले पनि रगत पातलो बनाउँछ ।

बढी एक्सरसाइज

शरिरमा निलो दाग हुनुको अर्को कारण अत्याधिक एक्सरसाइज पनि हुन सक्छ । आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा मांशपेशीमा चाप पर्न जान्छ । बढी तौल उठाउँदा पनि मांशपेशीमा अतिरिक्त बल पर्ने गर्छ । जसले गर्दा शरिरका विभिन्न भागमा निलो दाग देखिने गर्छन् ।

बुढ्यौली

घरमा भएका बढी उमेरका मानिसको शरिरमा निलो दाग बसेको देख्नुभएकै होला । शरिरमा देखिने यस्तो निलो दाग रातो रङबाट शुरु हुने गर्छ ।

अनि पर्पल र गहिरो रङ भएर जान्छ । र, विस्तारै निको हुन्छ । यसरी बढी उमेरका मानिसमा दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...