३१ गते झण्डै तीन घण्टा लाग्ने चन्द्रग्रहरणले यी चार राशिको भाग्य फेरिंदै छ भने अन्य राशिलाई यस्तो छ (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

मंगलवार चन्द्रग्रहरण लाग्ने भएको छ । २०७६ असार शुक्ल पूर्णिमा तिथी असार ३१ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । चन्द्रग्रहण नेपाली आकासबाट पनि प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

मंगलबार दिउँसो ४ बजेर ४६ मिनेटदेखि नै चन्द्रग्रहणको सुतक लाग्ने भएकाले बाल, बृद्ध, बिरामीहरुबाहेकले त्यसपछि मोक्ष नहुञ्जेल भोजन गर्नु हिन्दु धर्म मान्यता अनुसार अशुभ मानिनेछ ।

चन्द्र ग्रहणको स्पर्श रातको १ बजेर ४६ मिनेटमा शुरु हुनेछ भने मध्य ३ बजेर १५ मिनेट जाँदा हुनेछ । त्यसैगरी चन्द्रग्रहणको मोक्ष रातको ४:४५ बजे हुनेछ । चन्द्रग्रहण झण्डै तीन घण्टा रहनेछ ।

चन्द्रग्रहणले राशि अनुसार प्रभाव पार्ने हुँदा कुनै राशिहरुका लागि निकै अशुभ मानिन्छ । यो चन्द्रग्रहण मेष राशि भएकाहरुका लागि शुभ देखिँदैन । माननाशको योग रहेको छ । त्यसैगरी वृष राशिका मानिसले पनि चन्द्रग्रहण अवलोकन गर्दा अशुभ हुने देखिन्छ ।

वृष राशि भएकाहरका लागि कष्टको योग छ । त्यसैगरी मिथुन राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा स्त्रीपीडाको फल देखिन्छ । सिंह राशिका लागि पनि चिन्ता, कन्या राशिका लागि व्यथा, वृश्चिक राशिका लागि क्षति, धनु राशिका लागि घात, मकर राशिका लागि व्यय हुनेछ ।

कर्कट, तुला, कुम्भ र मीन यी चार राशिका लागि भने यो चन्द्रग्रण निकै शुभ रहने छ । ककर्ट राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा सुख प्राप्तिको योग देखिन्छ भने तुला राशिका लागि पनि श्रीप्राप्तिको योग रहेको छ । त्यसैगरी, कुम्भ राशिका लागि लाभ प्राप्ति हुनेछ भने मीन राशिका लागि शुख प्राप्तिको फल मिल्ने छ ।

यो चन्द्रग्रहण धनु र मकर राशिका लागि भने निकै अशुभ रहने ज्योतिषचार्याहरु बताउँछन् । उनीहरुका लागि अतिकष्टको योग रहेको छ । त्यसैले यी राशि भएका मानिसहरुले चन्द्रग्रहणको अवलोकन गर्नु अशुभ हुनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...