कार्यालयभित्रै रक्सीले मातेर मधेशी नेताहरुबीच कुटाकुट, हेर्नुहोस् लुकेर खिचेको भिडियो



 

लगातारको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । विशेष गरि तराइका जिल्लाहरुमा भारी बर्षाले वितण्डानै मच्चाएको छ । यस पटकको अविरल बर्षाले खास गरि रौतहट जिल्लामा नराम्रो सँग असर पार्यो ।

 

अहिले सम्म पनि धेरैको विजोग भइरहेकै छ । उता तराइ दुखिरहेकै बेला यता यता भने मधेशी दलको कार्यालयमा दिउँसै रक्सीले मातेर कुटाकुट गरेको भिडियो ओटीभी नेपाल डट कमको क्यामेराले कैद गरेको छ ।

 

काठमाडौँको विजुलीवजार स्थित तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय (जुन अहिले विभिन्न मधेशी दल मिलेर राजपा बनेपछि केन्दिय कार्यालय अन्यन्त्रै सारिएको छ ।) मा दिउँसै मधेशी दलका कार्यकताले रक्सीले मातेर कुटाकुट गरेका छन् ।

 

तमलोपा राजपा बनिसके पछि केन्द्रिय कार्यालय नरहे पनि त्यस कार्यलयमा दिनहुँ राजपा नेताकार्यकता को बाँक्लै आउजाउ रहँदै आएको छ । असार २८ गते शनिवार बेलुवा करिब ७ बजे तिर उनिहरुले राष्ट्रपनि विधादेवी भण्डारी देखि पुर्व राष्टपती रामवरण यादव सम्मको नाम लिँदै झगडा गरेको थिए । जुन भिडियोमा स्पष्ट देख्न र सुन्न सकिन्छ ।

 

शनिवार तराइका जिल्लाहरुमा सबै भन्दा आपतकालिन अवस्था रहेको थियो । ठिक त्यसै बेला यता भने रक्सीले मातेर रमिता चल्दै थियो । अझै गहन विषय त के छ भने हिजो मात्रै राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले राजधानीमा आयोजित एक कार्यक्रममा तराई डुवानमा पर्नुमा भारतको कुनै दोष नरहेको केपी ओली सरकारका कारण तराइ डुवानमा परेको दोषारोपण गरेका थिए ।

 

ओलीका कारण तराई डुवेको हो मोदीलाई गाली नगरौँ स्झा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।

 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन् ।’

 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ झाले अहिलेपनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे ।

 

सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्नपनि उनले सरकारलाई आग्रह गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले थपे,‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’

 

बाढि, पहिरो पीडितहरुलाई उद्धारा तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको झापको भनाई छ । उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे ।

 

उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए । उनले भने,‘म काठमाडौंमा छु, म यहीँ बसेरपनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु । सरकारसँग निरन्तर सम्पर्कमा छु । भारतीय राजदुतसँगपनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु ।’

 

फरक प्रसँगमा झाले आफूहरुले सदनमा उठाएका एजेण्डाहरुको सम्बोधन नभएसम्म सदन अवरुद्ध राख्ने जनाए । त्यस्तै, उनले ईस्युका आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सदन र सडकमा सहकार्य जारी राख्ने स्पष्ट पारे ।अनलाईनघरबाट

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले