हरेक नेपालीको रोग ग्यास्ट्रिकमा ध्यान दिनुपर्ने ६ कुराहरु



हाम्रो इकोनोमि

 

 

ग्यास्ट्रिक नेपालीहरुको खानदानी रोग भनिन्छ । धेरै नेपालीले जन्मिदै आमाको कोखबाट नै पोषणको अभावमा लिएर आउँछन् । जन्मिएपछि शिशु अवस्थामा नै नियमित खानपान नहुँदा रोगको शिकार बन्छन् । पछि ठूलो हुँदा छन् खानपानको तालिका नमिल्दा, कोही भएर मिलाएर खान नजान्दा त कोही नभएर खान नपाएर ग्यास्ट्रिकको भागिदार बनेका छन् ।

 

हरेक जसोलाई हुने ग्यास्ट्रिकले ध्यान दिन नसके जीवन नै लैजाने नभए धेरै दुख दिन चिकित्सकहरुको भनाई छ । पेट रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर भन्नुहुन्छ खानपान र आहार बिहारमा ध्यान नदिए ग्यास्ट्रिक निक्कै अप्ठ्यारो रोग हो । यसैले उहाँ यी ६ कुरा ध्यान दिन सबै मानिसलाई सुझाब दिनुहुन्छ ।

  • कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।
  • कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।
  • दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।
  • प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।
  • लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।
  • खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...