सेक्स फेस्टिबल चलिरहँदा एक महिलालाई हृदयघात भएपछि…



हाम्रो इकोनोमि

 

युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल अहिले इंगल्याण्डमा चलिरहेको छ । उक्त फेस्टिबलमा एक महिलालाई कार्यक्रम स्थलमा नै हृदयघात भयो ।

 

स्थानीय पत्रिका ‘द सन’ को रिपोर्ट अनुसार इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक क्रियाकलापको क्रममा अचानक लडिन् । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पतालसम्म पुर्याएर उनको उपचार चलिरहेको छ । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चाँडै नै डिस्चार्ज गरिने बताइएको छ ।

यो कार्यक्रममा सेक्सप्रति उत्साही व्यक्तिका लागि विभिन्न प्रकारको गतिविधीको आयोजना गर्ने गरिन्छ जसमा पार्टनर बदल्नेदेखि अरुको अन्तरंग पल हेर्नेलगायतका काम गरिन्छ ।

 

रोचक कुरा के छ भने सेक्स फेस्टिबलमा भाग लिँन पाउँदा मानिसहरु सौभाग्य प्राप्त हुन्छ र मनले चिताएको पुग्छ भन्ने मान्यता राख्ने गर्दछन् ।इंगल्याण्डमा पूरा युरोपको यो ‘सबैभन्दा ठूलो सेक्स फेस्टिबल’ हो जुन जुलाईको पहिलो विकेन्डमा आयोजना गरिन्छ । यो कार्यक्रममा भिन्न यौन चाहना भएका करिब सात सयको सहभागिता रह्यो । यो फेस्टिबलमा भाग लिनका लागि जोडीले दुई सय डलर तिरेका छन् ।

 

सेक्स फेस्टिबलको आयोजना वोर्केस्टरशायरको एउटा गाउँमा गरिएको छ जहाँ खुल्ला मैदानमा टेन्ट लगाएर मानिसहरु बस्ने व्यवस्था गरिएको छ । यो कार्यक्रममा भाग लिने सबै व्यक्तिलाई मिडियासँगको कुराकानीमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, स्थानीयले यो फेस्टिबलको विषयमा प्रश्न पनि उठाएका छन् । विरोध हुनसक्ने भन्दै आयोजकले कडा सुरक्षाको व्यवस्था मिलाएका छन् ।

 

यो फेस्टिबलको विशेषता यो हो कि यसमा एलजीबीटीआईक्यू समुदायसहित सबै सेक्सुअल चोइस भएका व्यक्तिले भाग लिएका छन् । स्विंगफिल्ड नामबाट चर्चित यो फेस्टिबलका आयोजकले यसलाई इंगल्याण्डको एक्लो स्विंगर्स फेस्टिबल पनि बताउँछन् ।

 

महत्सवको रातको समयमा रुखको फेँदमा चकटी ओछ्याएर मानिसहरु बस्दछन् । त्यसै क्रममा महिला पुरुषहरुको एक अर्कामा चिनाजानी हुन्छ र मन मिलेपछि नजिकैका छाप्रोहरुमा छिरेर सम्भोग गर्दछन् ।

 

यो सेक्स फेस्टिबललाई पूर्ण रुपमा गोप्य राखिएको थियो । कसैलाई पनि यसबारे पूर्व जानकारी नहोस् भन्नका लागि टिकट खरिद गर्ने व्यक्तिहरुलाई पनि कार्यक्रम सुरु हुनु ४८ घण्टा अघिमात्रै कार्यक्रमस्थलबारे जानकारी दिइएको थियो । स्विंगफिल्डको वेबसाइटका अनुसार यो पर्व हरेक वर्ष आयोजना गरिन्छ तर यसमा आयोजकको तर्फबाट कुनै पनि प्रकारको सेक्सुअल सर्भिस दिइने छैन । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...