यदी पेट बडेर सारै चिन्तित हुनुहुन्छ भने यसरी सजिलै घटाउनुहोस आफ्नो पेट



हाम्रो इकोनोमि

 

पेटपेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर पुर्याइरहेको हुन्छ । तसर्थ, पेटमा जमेको बोसो अर्थात् बढेको भुँडीलाई घटाउन आवश्यक छ ।

त्यसका लागि निम्न कुरा पालना आवश्यक हुन्छ :भोजनमा फाइबरयुक्त खानेकुरा बढी समावेश गर्नुहोस् । जसले आन्द्रालाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ ।

प्रशस्त मात्रामा पानी पिउनुहोस् । नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुनुका साथै शरीरमा रहेका विषाक्त वस्तुलाई पानीले बाहिर निकाल्छ ।

हरेक दिन बिहान कागती पानीको सेवन गर्दा पनि तौल नियन्त्रण हुन्छ । मासु वा बोसोजन्य पदार्थको सेवन एकदमै कम गर्नुहोस् । बरु यसको सट्टामा माछा खान सकिन्छ ।

अदुवा, लसुन, मरिच तथा दालचिनीजस्ता मसला राखेर तरकारी पकाउँदा त्यसले रोगप्रतिरोधी क्षमता बढाउन सहयोग पुग्छ ।

साथै, रगतमा रहेको सुगरको मात्रालाई नियन्त्रण गर्छ ।एरोबिक पनि पेटको बोसो घटाउने प्रभावकारी उपायमध्ये पर्छ ।

नियमित व्यायाम गर्दा क्यालोरी घट्ने भएकाले तौल स्वतः घट्छ । अत्यधिक मदिरा पिउँदासमेत पेटमा बोसो जम्मा हुने गर्छ । यसर्थ, सकेसम्म मध्यपान गर्ने बानी त्याग्नु नै बेस हुन्छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...