स्पा सेन्टरका नाममा देह व्यापार, एकै रातमा ३५ जना पक्राउ [प्रहरी कनेक्सनको आशंका]
अहिले सहरी क्षेत्रमा लुकिछिपि यौन कार्य (व्यवसाय) बढ्दै गएको छ । बाहिर खाजा पसलको बोर्ड लगाएर भित्र अर्कै गर्नेहरु छन् । देह व्यापार कतिपय अवस्थामा दवावमा हुन्छ भने कतिपय अवस्थामा बाध्यता पनि हुन्छ । घरको आर्थिक अवस्था कमजोर भएका महिलाहरु यस धन्धामा संलग्न हुने गरेको बताइन्छ । अनी अर्को तर्फ लामो समयसम्म श्रीमानसँग सम्पर्क नभएका महिलाहरुले पनि यस पेशालाई अगाल्ने गरेका छन् । नेपालमा पनि अघोषित रुपमा देह व्यपारमा काम गर्नेहरु धेरै रहेका छन् । विशेष गरेर कलेज पढ्ने उमेरका युवतीहरु यसको लतमा फसेको बताइन्छ । विश्वका धेरै देशहरुले देश व्यापारलाई पनि एक प्रकारको व्यवसायमा रुपमा लिएर वैधानिक मान्यता दिएर राम्रो आम्दानी गर्दै आइरहेका छन् ।
नेपालमा यसलाई धार्मिक आस्थासँग जोडेर हेरिएको छ । देह व्यापारबाट कर संकलन गर्नुलाई राम्रो मानिएको छैन तर कतिपय ठाउँमा अहिले यसको पनि माग हुँदै गरेको देखिएको छ । प्राय जोडीहरुलाई प्रहरीले छापा मार्ने डर हुने भएकाले पनि केही व्यक्तिहरु यो वैधानिक हुनुपर्ने बताउछन् । नेपाली युवतीहरु नेपालमा मात्रै सिमित छैनन् । भारतका विभिन्न शहरहरुमा पनि नेपाली चेली बेचिएका छन भने त्यहाँका चेली पनि बेचिएका छन् । नेपालमा भन्दा देह व्यापार भारतमा डरलाग्दो तरिकाले फैलिएको छ । विभिन्न समयमा भारतबाट नेपाली चेलीहरु फिर्ता आएका घटनाहरु पनि रहेका छन् । राम्रो धन कमाउने आशाका साथ नेपाली वा भारतीय दलालमार्फत नेपाली चेली खाडी, भारत, अफ्रिका लगायतका देशहरुमा बेचिदैं आएका छन् ।
यो बीचमा अहिले भारतमा ३५ जना पक्राउ परेका छन् । भारतको नोयडा (उत्तरप्रदेश) मा हिजो राति नोएडा सेक्टर– १८ का १४ स्पा सेन्टरमा उत्तरप्रदेश प्रहरीले छापा मारेको थियो । स्पा सेन्टरका नाममा यस्तो कार्यमा संलग्न भएको भन्दै प्रहरीले ३५ जनालाई पक्राउ गरेको छ जसमा २५ जना महिला हुन् । प्रहरीले सबै १४ वटा स्पा सेन्टरलाई बन्द गराएको छ । प्रहरीले स्पा सेन्टरमा छापा मार्न थालेपछि अहिले उक्त क्षेत्रमा भएका सबैजसो स्पा सेन्टर सञ्चालक ताला लगाएर भागेको बताइएको छ । गौतमबुद्धनगरका एसएसपी वैभव कृष्णका अनुसार स्पा सेन्टरमा हिजो मध्यरातिसम्म छापा मारिएको थियो ।

पक्राउ पर्नेहरुमा ५ जना विदेशी महिला भएको बताइएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले लाखौं नगद पनि बरामद गरेको छ । यस अभियानमा १४ जना प्रहरी लगाइएको एसएसपी कृष्णले जानकारी दिए । अर्को अनौठो कुरा के भने प्रहरीले स्थानीय प्रहरी चौकीलाई यसको सुईकोसम्म दिएन् । समयसमयमा आरोप लाग्ने गर्दछ कि यस्ता कामहरुमा प्रहरीको पनि संलग्नता हुने गर्दछ । यस्तो डरलाग्दो अवस्थामा देह व्यापार हुँदा पनि त्यस क्षेत्रको प्रहरी प्रशासन मौन रहेको भन्दै यदी कोही संलग्न भएको पाइए कारबाही गर्ने एसएसपी वैभवले जानकारी दिए । विदेशी महिलाहरु कुन देशका थिए भन्ने खुल्न सकेको छैन, प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


