स्पा सेन्टरका नाममा देह व्यापार, एकै रातमा ३५ जना पक्राउ [प्रहरी कनेक्सनको आशंका]



हाम्रो इकोनोमि

 

 

अहिले सहरी क्षेत्रमा लुकिछिपि यौन कार्य (व्यवसाय) बढ्दै गएको छ । बाहिर खाजा पसलको बोर्ड लगाएर भित्र अर्कै गर्नेहरु छन् । देह व्यापार कतिपय अवस्थामा दवावमा हुन्छ भने कतिपय अवस्थामा बाध्यता पनि हुन्छ । घरको आर्थिक अवस्था कमजोर भएका महिलाहरु यस धन्धामा संलग्न हुने गरेको बताइन्छ । अनी अर्को तर्फ लामो समयसम्म श्रीमानसँग सम्पर्क नभएका महिलाहरुले पनि यस पेशालाई अगाल्ने गरेका छन् । नेपालमा पनि अघोषित रुपमा देह व्यपारमा काम गर्नेहरु धेरै रहेका छन् । विशेष गरेर कलेज पढ्ने उमेरका युवतीहरु यसको लतमा फसेको बताइन्छ । विश्वका धेरै देशहरुले देश व्यापारलाई पनि एक प्रकारको व्यवसायमा रुपमा लिएर वैधानिक मान्यता दिएर राम्रो आम्दानी गर्दै आइरहेका छन् ।

 

नेपालमा यसलाई धार्मिक आस्थासँग जोडेर हेरिएको छ । देह व्यापारबाट कर संकलन गर्नुलाई राम्रो मानिएको छैन तर कतिपय ठाउँमा अहिले यसको पनि माग हुँदै गरेको देखिएको छ । प्राय जोडीहरुलाई प्रहरीले छापा मार्ने डर हुने भएकाले पनि केही व्यक्तिहरु यो वैधानिक हुनुपर्ने बताउछन् । नेपाली युवतीहरु नेपालमा मात्रै सिमित छैनन् । भारतका विभिन्न शहरहरुमा पनि नेपाली चेली बेचिएका छन भने त्यहाँका चेली पनि बेचिएका छन् । नेपालमा भन्दा देह व्यापार भारतमा डरलाग्दो तरिकाले फैलिएको छ । विभिन्न समयमा भारतबाट नेपाली चेलीहरु फिर्ता आएका घटनाहरु पनि रहेका छन् । राम्रो धन कमाउने आशाका साथ नेपाली वा भारतीय दलालमार्फत नेपाली चेली खाडी, भारत, अफ्रिका लगायतका देशहरुमा बेचिदैं आएका छन् ।

 

यो बीचमा अहिले भारतमा ३५ जना पक्राउ परेका छन् । भारतको नोयडा (उत्तरप्रदेश) मा हिजो राति नोएडा सेक्टर– १८ का १४ स्पा सेन्टरमा उत्तरप्रदेश प्रहरीले छापा मारेको थियो । स्पा सेन्टरका नाममा यस्तो कार्यमा संलग्न भएको भन्दै प्रहरीले ३५ जनालाई पक्राउ गरेको छ जसमा २५ जना महिला हुन् । प्रहरीले सबै १४ वटा स्पा सेन्टरलाई बन्द गराएको छ । प्रहरीले स्पा सेन्टरमा छापा मार्न थालेपछि अहिले उक्त क्षेत्रमा भएका सबैजसो स्पा सेन्टर सञ्चालक ताला लगाएर भागेको बताइएको छ । गौतमबुद्धनगरका एसएसपी वैभव कृष्णका अनुसार स्पा सेन्टरमा हिजो मध्यरातिसम्म छापा मारिएको थियो ।

पक्राउ पर्नेहरुमा ५ जना विदेशी महिला भएको बताइएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले लाखौं नगद पनि बरामद गरेको छ । यस अभियानमा १४ जना प्रहरी लगाइएको एसएसपी कृष्णले जानकारी दिए । अर्को अनौठो कुरा के भने प्रहरीले स्थानीय प्रहरी चौकीलाई यसको सुईकोसम्म दिएन् । समयसमयमा आरोप लाग्ने गर्दछ कि यस्ता कामहरुमा प्रहरीको पनि संलग्नता हुने गर्दछ । यस्तो डरलाग्दो अवस्थामा देह व्यापार हुँदा पनि त्यस क्षेत्रको प्रहरी प्रशासन मौन रहेको भन्दै यदी कोही संलग्न भएको पाइए कारबाही गर्ने एसएसपी वैभवले जानकारी दिए । विदेशी महिलाहरु कुन देशका थिए भन्ने खुल्न सकेको छैन, प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...