मैले महिला भएर धेरै गरे अब एकपटक पुरुष भएर गर्न चाहान्छु : नायिका सुरक्षा पन्त



हाम्रो इकोनोमि

 

 

नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्ने प्रयासहरु भइरहेका छन् । नेपाली दर्शकलाई मनोरञ्जन दिनको लागि चलचित्रकर्मीहरु निरन्तर लागिपरेका छन् । यो भिडमा आउने एउटा नाम सुरक्षा पन्त पनि हो । उनी पेशाले सिभिल इन्जिनियर हुन् । तर, हिजोआज कलाकारितामा छाइरहेकी छिन् । उनले छोटो समयमै उनले आधा दर्जन फिल्ममा आफ्नो अभिनय कौशलता देखाइसकेकी छिन् । थोरै फिल्मबाट नै आफ्नो फरक छवि बनाउन सफल सुरक्षाले स्व. आलोक नेम्वाङद्वारा निर्देशित फिल्म अझै पनि बाट नायिकाका रूपमा नेपाली सीनेमामा डेब्यु गरिन् ।

 

त्यसपछि चंगा चेट, भैरे, रोमियो एन्ड मुना, सुस्केरा, धनपति, गोपी, घरलगायतका फिल्ममा अभिनय गरेकी उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । अभिनयबाहेक टेलिभिजन प्रस्तोता, स्केच कलाकार, कविलगायतको परिचय बनाएकी उनले हालै प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको निर्देशनको नाटक क्लेसाबाट रंगमञ्चमा पनि डेब्यु गरिन् । उनले दर्शकसामु केही नयाँ दिनको लागि आफुलाई समलिंगी बन्ने मन भएको बताएकी छिन् । एक पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन, ‘आफूभन्दा फरक लिंग तथा समुदायको व्यक्तिका रूपमा अभिनय गर्दा कस्तो अनुभव हुँदो रहेछ त भनेर हेर्न मन छ । हामीले अरूलाई देखेर महसुस त गर्न सक्छौं ।

 

तर, महसुस मात्र होइन, अरूको भोगाइ भोगेर उनीहरूलाई नजिकबाट चिन्ने र बुझ्ने रहर छ ।’ पूरै गेटअप नै चेन्ज गरेर पुरुष या समलिंगीको भूमिकामा काम गर्ने इच्छा उनले व्यक्त गरिन् । फरक अनुभूतिका लागि फिल्ममा समलिंगी बन्ने रहर भएको उनी बताउछिन । पछिल्लो समय पन्त फिल्म घरको प्रोमोसनका साथै मास्टरको लास्ट सेमेस्टरको परीक्षाको तयारी गरिरहेकी छिन् । त्यसपछिको समय आमा भन्ने फिल्मको सुटिङमा व्यस्त हुन्छ । दासढुंगा–२ नामक फिल्ममा पनि उनी अभिनय गर्ने मुडमा छिन ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...