परीक्षामा जम्मा २ प्रश्न छोडेकी करिश्माको यस्तो आयो रिजल्ट हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

लामो समय नेपाली चलचित्र क्षेत्रमा राज गरेकी नायिका करिश्मा मानन्धर ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएर पास हुनु भएको छ । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको प्रतिकृया दिनु भएको छ । उहाँले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने योजना बनाउनु भएको छ । आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत उहाँले जानकारी दिनुभयो । आफुले ढिलो पुगेर समाजिकमा २ वटा प्रश्नको उत्तर लेख्न नपाएको उहाँको गुनासो रहेको छ । उहाँले भन्नुभयो, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ ।

तर, पछि छाडेर पपुलेशन पढेँ ।’ आफुले जनसंख्या विषय परीक्षाको एकदिन अगाडि मात्र पढेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उहाँको विश्वास रहेको छ । यो नजिताबाट हर्षित भएको भन्दै पढाइलाई अझै मेहनतका साथ निरन्तरता दिने उहाँको योजना रहेको छ । हालै नेपाली राजनीतिबाट हात झिक्नु भएकी उहाँ अहिले स्वतन्त्रजस्तै भएर वस्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...