नेपालमै खुल्यो यस्तो जागिर , बाँदर धपाउनुहोस् ६० हजार तलब पाउँनुहोस्



हाम्रो इकोनोमि
कर्णाली प्रदेश आफैंमा एक विकट प्रदेश हो । कर्णालीले धेरै नेता जन्माएको भएपनि विकासमा अहिलेसम्म पछि नै परेको छ । कर्णालीमा आधारभुत कुराहरुको आवश्यक्ता नै पुरा गर्न मुस्किल भइरहेको स्थानीय बताउँदै आएका छन् । कर्णालीको कालिकोट जिल्ला पनि विकासका हिसाबले हेर्दा पछाडी देखिएको छ । 

तर यहाँ एक गाउँपालिकाको एक वडाले बाँदर नियन्त्रण गर्नको लागि ६० हजार छुट्याएको छ भन्दा सायद तपाईलाई अच्चम लाग्न सक्छ । यहाँको महावै गाउँपालिका वडा नं ७ राम्निले बालि जोगाउन बाँदरको हेरालो राख्ने निर्यण गरेको छ ।

 

स्थानियले वषौदेखि बाँदरले बालि सखाप पारेको गुनासो गरेपछि वडा पालिकाले बार्षिक रुपमा ६० हजार रकम छुटा्एर बाँदर हेरालो राख्ने निर्यण गरेको जानकारी दिएको छ ।

 

स्थानियले वर्षे बालिका रुपमा लगाउने मकै, तरकारी र हिंउदेबालीका रुपमा लगाउने गंहु लगायतका बाली बादरले खाइदिने गरेपछि स्थानिय गुनासो

 

वाध्य भएका हुन् । बाँदरले बाली सखाप पारेको भन्दै स्थानियले क्षतिपुर्तिको माग सहितको निबेदन वडापालिकामा पेश गरेका ले हेरालुका लागि रकम छुट्याएको वडा सचिव अक्कल बहादुर शाहिले बताए ।

 

‘महावै भित्रको वडा न. ७ राम्नि सवै भन्दा विकट क्षेत्र हा् । यँहाका ६ सय घरधुरी कृर्षिमा मात्र निर्भर छन् ।’ वडा सचिव शाहीले भने ‘वारिपारि बाक्लो जंगल भएकाले बाँदरवाट खेती जोगाउन मुस्किल पर्ने गरेको छ ।’

 

मासिक पाँच हजारका दरले एक जनालाई वार्षिक ६० हजार विनियोजन गरिएको उनले जानकारी दिए । ‘हामिले बाँदर भगाउन बालि जोगाउन अभियान संचालन गरेका हौं ।’

 

उनले भने । खेतमा लगाएको बाली बाँदरले नै खाइदिँदा स्थानिय हाटबजारको चामल किनेर खान वाध्य भएको स्थानिय कृषक विसमित्र अधिकारी बताउछन् ‘रातदिन नभनि पाखुरि बजाएर उत्पादन गरेको बालि पाक्ने वेलामा बादरले आइदिदा हामी मारमा परेका छौं ।

 

’ उनले भने ‘कतिपटक क्षतिपुर्तिका लागि निवेदन समेत दियौ सुनुवाई भएन, यसपाली हेरालु राख्ने निर्णय भएकाले खुसी लागेको छ ।’ वडाको यस निर्णयले सबैलाई चकित पारेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...