सारा नेपालीका लागि खुशीको खबर : यी स्थानमा पेट्रोल निकाल्न थालियो



हाम्रो इकोनोमि

अघिल्लो कार्यकालमा प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आउँदा देशमा नाकाबन्दीजस्तो विषम परस्थित रहेको थियो । उहाँले त्यो नाकाबन्दीको खुलेर सामना गर्नुभयो र जीत पनि नेपालका पक्षमा पर्न सफल भयो ।

भारतीय पक्षले खुल्ला रुपमा नभनेको भए पनि अदृश्य रुपमा भने मधेशी दलको नाममा नेपालमा संविधान संसोधनका लागि बल प्रयोग गर्न खोजेको कुरा सत्य नै हो । त्यो समयमा सरकारले चीनसँग सम्बन्ध विस्तार मात्रै गरेन नेपालमा नै पेट्रोलियम पर्दाथ उत्खनन गर्नुपर्छ भन्ने धारणा राख्यो ।

अघिल्लो कार्यकालमा बोलिएको कुरा दोस्रो कार्यकालमा आएर ओली सरकारले व्यवहारमा उर्तान खोजिरहेको छ । दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने जनाइएको छ । प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनु भएको हो ।

नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक नेपाल आएका हुन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...