सारा नेपालीका लागि खुशीको खबर : यी स्थानमा पेट्रोल निकाल्न थालियो



हाम्रो इकोनोमि

अघिल्लो कार्यकालमा प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आउँदा देशमा नाकाबन्दीजस्तो विषम परस्थित रहेको थियो । उहाँले त्यो नाकाबन्दीको खुलेर सामना गर्नुभयो र जीत पनि नेपालका पक्षमा पर्न सफल भयो ।

भारतीय पक्षले खुल्ला रुपमा नभनेको भए पनि अदृश्य रुपमा भने मधेशी दलको नाममा नेपालमा संविधान संसोधनका लागि बल प्रयोग गर्न खोजेको कुरा सत्य नै हो । त्यो समयमा सरकारले चीनसँग सम्बन्ध विस्तार मात्रै गरेन नेपालमा नै पेट्रोलियम पर्दाथ उत्खनन गर्नुपर्छ भन्ने धारणा राख्यो ।

अघिल्लो कार्यकालमा बोलिएको कुरा दोस्रो कार्यकालमा आएर ओली सरकारले व्यवहारमा उर्तान खोजिरहेको छ । दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने जनाइएको छ । प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनु भएको हो ।

नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक नेपाल आएका हुन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...