भर्खरै ६० जना सवार बस खोलामा खस्यो : २५ जनाको मृत्यु, ३५ घाईतेभर्खरै ६० जना सवार बस खोलामा खस्यो : २५ जनाको मृत्यु, ३५ घाईते



हाम्रो इकोनोमि

आज साँझ भएको बस दुर्घटनामा २५ जनाको ज्यान गएको छ । यस बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । बसमा जम्मा ६० जना सवार भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

सडक भन्दा बस झण्डै ५०० फीट गहिरो खोल्सामा परेको जनाइएको छ । साँघुरो र पहाडी सडकखण्ड भएको हुँदा ठुलो दुर्घटना भएको हो । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा २५ जनाले ज्यान गुमाएका हुन् ।

कुल्लूको बान्जार नजिकै दुर्घटना भएको भारतीय अधिकारीहरुले बताएका छन् । दुर्घटनाको खबर पाउँने वित्तिककै प्रहरी त्यसतर्फ लागेको छ । स्थानीय र प्रशासनको बलमा उद्धार कायृ भइरहेको छ ।

 

 

कुल्लूका एसपी शालिनी अग्निहोत्रीले बसमा ६० जना यात्रु भएको कुरा पुष्टि गर्नुभएको छ । उनका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएको छ । जानकारी अनुसार बस कल्लू बान्जार क्षेत्र देखि एक किलोमीटर अगाडी भियोठ मोड़ नजिकै अचानक खेल्सामा खसेको थियो ।

घाइतेहरुमा धेरैको अवस्था चिन्ताजनक भएको हुँदा मृतकहरुको संख्यामा पनि वृद्धि हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरुको उपचारका लागि उचित प्रवन्ध गर्न लागिएको अधिकारीहरुले बताएका छन् । यो दुर्घटना आज अपरान्ह ४ बजे तिर भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

मृतकहरुको नाम खुल्न सकेको छैन । हिमाचल नेपालीहरुको बाहुल्यता भएको क्षेत्र भएको हुँदा नेपालीहरु पनि परेको हुनसक्ने आशंका गरिएको छ । हिमाचलमा नेपालीहरु काम गर्नको लागि धेरै जाने गर्दछन् ।

यस्तै यस राज्यमा नेपालीहरुले व्यापार व्यवसाय पनि गर्दै आएका छन् । बसमा क्षमता भन्दा धेरै यात्रु राखेको खुल्न आएको छ । उक्त बसमा जम्मा ४८ सिट रहेकोमा ६० जनालाई लिएर गइरहेको थियो । News Source 

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...