८१ हजारका लागि युवतीको हत्या गर्ने युवक पक्राउ, तामाङको साथबाट लुटेको नगद पनि बरामद गरिएको छ।



हाम्रो इकोनोमि

 

गत मंगलबार जिल्लाको हिलिहाङ गाउँपालिका–६ सिटे जंगलमा लघुवित्तकी कर्मचारी सुजाता तामाङको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलामकी २२ वर्षीया तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन्।

प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीबार अपरान्ह जंगलमा लुकेको अवस्थामा फेला पारेको हो।

लावतीको साथबाट तामाङबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।

हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए। हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा एनएमबी माइक्रोफाइनान्सका दुई समूहको बैठक गरेर मेची राजमार्गस्थित जोरपोखरी बजार फर्कँदै गरेकी प्रशिक्षार्थी कर्मचारी तामाङको मंगलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो।

प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जंगलको सिद्धे खोल्सामा हत्या भएको थियो। घटनास्थल घना जंगलबीचमा रहेकाले आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाले बताए।  इलामको माइजोगमाई गाँउपालिका–२ घर भएकी तामाङ ६ महिनादेखि लघुवित्तमा काम गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...