८१ हजारका लागि युवतीको हत्या गर्ने युवक पक्राउ, तामाङको साथबाट लुटेको नगद पनि बरामद गरिएको छ।



हाम्रो इकोनोमि

 

गत मंगलबार जिल्लाको हिलिहाङ गाउँपालिका–६ सिटे जंगलमा लघुवित्तकी कर्मचारी सुजाता तामाङको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलामकी २२ वर्षीया तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन्।

प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीबार अपरान्ह जंगलमा लुकेको अवस्थामा फेला पारेको हो।

लावतीको साथबाट तामाङबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।

हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए। हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा एनएमबी माइक्रोफाइनान्सका दुई समूहको बैठक गरेर मेची राजमार्गस्थित जोरपोखरी बजार फर्कँदै गरेकी प्रशिक्षार्थी कर्मचारी तामाङको मंगलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो।

प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जंगलको सिद्धे खोल्सामा हत्या भएको थियो। घटनास्थल घना जंगलबीचमा रहेकाले आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाले बताए।  इलामको माइजोगमाई गाँउपालिका–२ घर भएकी तामाङ ६ महिनादेखि लघुवित्तमा काम गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...