सासु–ससुराको राम्रो हेरचाह गर्ने बुहारीहरु सम्मानित



हाम्रो इकोनोमि
सासु बुहारीको सम्बन्ध कुकर–बिरालो जस्तै हुन्छ । एक अर्का कहिलै मिल्न सक्दैनन् भन्ने अन्यायपूर्ण भनाई अब पुरानो भइसक्यो । यो भनाईको ठिक उल्टो सासु र बुहारी एक अर्काका सारथी हुन भन्ने देखिन थालेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका–२ को वडा कार्यालयले सासु–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ ।

उमेर ढल्कँदो अवस्थामा रहेका सासु–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो । ढल्कँदो उमेरमा रहेका सासु–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहुँदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताए।

शारी रिकरूपमा अशक्त सासु–ससुराको पालनपोषण गर्ने दायित्व भएको सम्मानित बुहारी शान्ती देवकोटाले बताए ।

 

‘सासू–ससुरा भनेका आफूलाई जन्मदिने बुबाआमा जस्तै हुन्, उहाँहरुलाई ढल्कँदो उमेरमा मायाममता, स्याहारसुसारको खाँचो छ, उहाँहरुलाई स्याहारसुसार गर्न पाउँदा आनन्द लाग्छ’, उनले भनिन् ।

परिवारको संरक्षक अभिभावकबाट अगाडि बढ्न आशिर्वाद लिँदै सन्ततिले घृणा होइन, माया र ममताका साथ पालनपोषण गर्न उनले आग्रह गरिन् ।

त्यसैगरी ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । वडाले गरेको यस कार्यप्रति खुशी र रमाइलो लागेको १०० वर्षीया चन्द्रकला न्यौपाने बताउँछिन् ।यो उमेरमा आएर सम्मानित हुन पाउँदा उनी दङ्ग छिन् ।

एक सय वर्षीया हजुरआमासँगै असल नातिनी बुहारीका रूपमा सम्मानित हुन पाउँदा खुशी लागेको पम्फा न्यौपानेले बताइन् । उनले अरुलाई पनि सासूससुराको राम्रो हेरचाह गर्न अनुरोध गरिन् ।

समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिनुका सट्टा हेयको रूपमा हेर्ने सन्तति पनि छन् । उनीहरुले यो कार्यको पाठ सिक्न सके भने बुढेसकालमा ज्येष्ठ नागरिकले दुःख भोग्नुपर्ने थिएन । यसैगरी निस्दी गाउँपालिका–६ को कार्यालयले पनि असर छोराबुहारीलाई सम्मान गरेको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...