इन्गेजमेन्ट गरिसकेकी प्रियकाले आयुष्मानलाई दिइन् धोका



हाम्रो इकोनोमि

 

केहि समयअघि आयुष्मान जोशी र प्रियका कार्कीले इन्गेजमेन्ट गर्दै प्रियंकाले औंठी लगाइन् ।

रियल लाइफमा आयुष्मानको औठी लगाएकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका आयुष्मानलाई धोका दिएकी छन् ।

गायक मोहन राईको बुधबार रिलिज भएको गीत ‘मायाको खेल, आँशुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड भएको देखाइएको छ ।

दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाहरूबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराएको गायक राईले जानकारी दिएका छन् । राईको एल्बम ‘मायाको खेल’ मा भने आठ वटा गीत समावेश छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरी’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् ।

संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...