इन्गेजमेन्ट गरिसकेकी प्रियकाले आयुष्मानलाई दिइन् धोका



हाम्रो इकोनोमि

 

केहि समयअघि आयुष्मान जोशी र प्रियका कार्कीले इन्गेजमेन्ट गर्दै प्रियंकाले औंठी लगाइन् ।

रियल लाइफमा आयुष्मानको औठी लगाएकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका आयुष्मानलाई धोका दिएकी छन् ।

गायक मोहन राईको बुधबार रिलिज भएको गीत ‘मायाको खेल, आँशुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड भएको देखाइएको छ ।

दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाहरूबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराएको गायक राईले जानकारी दिएका छन् । राईको एल्बम ‘मायाको खेल’ मा भने आठ वटा गीत समावेश छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरी’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् ।

संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...