भद्रगोलकि रक्षाले भन्छिन जिग्रीले मेरो माया होइन घृणा चाहिँ पाउछ : रक्षा श्रेष्ठ



हाम्रो इकोनोमि

 

हास्यश्रृंखला भद्रगोलकि कलाकार रक्षा श्रेष्ठले प्रेम गर्न भनेर कसैको पछाडी लाग्नु मुर्खता भएको बताएकी छ।

उनले भनिन उदारणका लागि मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोलमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ जुन हास्यश्रृंखला भद्रगोलमा चित्रण गरिएको छ।

बिबाहको मौसम आए संगै बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन्।

पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् ।

अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ ।

उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् ।

प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ ।

फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ । वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ ।

प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन ।

आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

सायद यो गुरुमन्त्र युवा पिडिलाई खुबै काम लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...