भद्रगोलकि रक्षाले भन्छिन जिग्रीले मेरो माया होइन घृणा चाहिँ पाउछ : रक्षा श्रेष्ठ



हाम्रो इकोनोमि

 

हास्यश्रृंखला भद्रगोलकि कलाकार रक्षा श्रेष्ठले प्रेम गर्न भनेर कसैको पछाडी लाग्नु मुर्खता भएको बताएकी छ।

उनले भनिन उदारणका लागि मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोलमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ जुन हास्यश्रृंखला भद्रगोलमा चित्रण गरिएको छ।

बिबाहको मौसम आए संगै बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन्।

पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् ।

अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ ।

उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् ।

प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ ।

फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ । वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ ।

प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन ।

आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

सायद यो गुरुमन्त्र युवा पिडिलाई खुबै काम लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...