प्रचण्डले भने लोक सेवा आयोगको विज्ञापन असंवैधानिक र गैरकानुनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा कर्मचारीको माग गर्दै लोक सेवा आयोगले गरेको विज्ञापन असंवैधानिक र गैरकानुनी रहेको बताएका छन् ।

बुधबार खुमलटारस्थित निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझेपछि प्रचण्डले उक्त विचार राखेका हुन् ।

राज्य व्यवस्था समितिले उक्त विज्ञापन खारेजका लागि निर्देशन दिएको बताउँदै उनले भने,‘यसले संविधानको मूल मर्मलाई पक्रेन भन्ने हो पहिलो कुरा त । संविधानको मूल मर्म भनेको समावेसिता हो । संघीयता हो । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको छ । त्यसकारण यसलाई करेक्सन गर्नुपर्छ ।’

उनले मन्त्री लालबाबु पण्डितसँग कुरा गर्ने बताउँदै भने,‘ प्रधानमन्त्रीज्यूसँग अलग्गै मिटिङ छ, यो विषयमा पनि कुरा हुँदैछ । हामी सचिवालय बसेर पनि यो विषयमा कुरा गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...