२० वर्षीया युवती सुजताको निर्मम हत्या



हाम्रो इकोनोमि

 

पाँचथरमा एक युवतीको विभत्स हत्या भएको छ ।

मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका ६ रात माटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

गोपेटार स्थित एनएमबी माइक्रो फाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

माइक्रो फाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।

बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खबर गरे लगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।

अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोली पनि घट्नास्थल पुगेको छ।

डीएसपी कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको आशंका रहेको डीएसपी कुँवरले बताए।

यसअघि वैशाख २९ गते हिलिहाङ ४की १५ वर्षीया शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...