कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता, हेलिकोप्टरले खोज्दै



हाम्रो इकोनोमि

 

हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलावालुस्थित सडकबाट जीप कर्णाली  नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

 

जीप र सवार सबै यात्रु बेपत्ता भएको  प्रहरी निरीक्षक सिंहको बताए ।  जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । स्थानीयका अनुसार भने जीपमा १० भन्दा बढी यात्रु सवार थिए ।

प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...