बुढीगण्डकी बनाउँछु भन्दै पेट्रोलबाट उठाएको ३० अर्ब खोई ?



हाम्रो इकोनोमि

 

 

सार्वजनिक लेखा समितिले बुढीगण्डकी जलविद्युत आयोजना बनाउँन भन्दै सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपियाँका दरले उठाउँदै आएको पैसाको हिसावकिताव खोजेको छ ।

 

समितिको मंगलबारको बैठकमा सांसदहरुले नेपाल आफैले बुढीगण्डकी बढाउने भनेर तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले बजेटमार्फत पेट्रोलियम पदार्थमा पूर्वाधार कर भन्दै उठाउन थालेको रकम कहाँ गयो ? भन्दै उर्जामन्त्री बर्षमान पुनसँग हिसाव किताव मागेका हुन् ।

 

उनीहरुले आयोजना अन्योलमा पर्ने तर सोही आयोजनाका लागि भन्दै उपभोक्तासँग कर उठाउने कुरा मिल्दैन भन्दै एक–एक हिसाब बुझाउन भनेका छन् । सांसदहरु तेजुलाल चौधरी, मैना भण्डारीलगायतले बुढीगण्डकी आयोजनाको भविश्यबारे चिन्ता प्रकट गरेका थिए । उनीहरुले राष्ट्रिय गौरवको आयोजनालाई अन्योलमा पर्ने काम भएको भन्दै सरकारको आलोचनासमेत गरेका थिए ।

 

यो आयोजना सरकारले अहिले चिनको एक विवादास्पद कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई विना प्रतिस्पर्धा जिम्मा लगाएरपछि चौधर्फी विरोध भइरहेको छ । मन्त्री पुनले भने बुढीगण्डकी बनाउन पेट्रोलियम पदार्थमा उठाएको पैसा आयोजना प्रभावितनलाई मुआब्जा दिँदैमा सकिएको जिकिर गरे ।

 

उनले आयोजनाबाट धादिङ र गोरखाका गरी ६४ हजार जनता विस्थापित हुने र गोरखाका मात्र २५ अर्ब रुपियाँ बराबरको मुआब्जा बाँडिएको दावी गर्दै अब पाँच अर्ब मात्रै सरकारसँग बाँकी रहेको बताए । जबकी सरकारले मुआब्जा बितरणका लागि नभएर आयोजनाको निर्माणका लागि खर्च गर्ने भनेर इन्धनमा कर उठाउन सुरु गरेको थियो । मन्त्री पुनले बाँकी रहेको पाँच अर्ब पनि चाँडै मुआब्जामा खर्च गर्ने बताए ।

 

उनले बुढीगण्डकी बनाउने जिम्मा लिएको चिनियाँ कम्पनी गेजुवा भागेको कुरामा सत्यता नरहेको भन्दै अहिलेसम्म उक्त कम्पनी सम्पर्कैमा रहेको बताए । केही दिनअघि मात्रै गेजुवाले आफू भागेको हल्ला सही नभएको भन्दै पत्र पठाएको पुनले बताए ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...