बझाङ जीप दुर्घटनामा मर्नेहरुको संख्या १० पुग्यो, ५ घाइते, नामवलीसहिते



हाम्रो इकोनोमि

 

हिजो भएको सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १० पुगेको छ । बझाङ सदरमुकाम चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् । जीपको गेयर नलाग्दा दुर्घटना भएको जानकारी दिइएको छ । दुर्घटनामा परी मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका र १७ वर्षका छोरा सुनील खड्काको मृत्यु भएको छ ।

यस्तै सोही वडाका २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए ।

चैनपुरबाट गएको प्रहरी टोलीले भीरमा गएर ५ जना घाइतेको उद्धार गरेको जानकारी दिएको छ । वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक महानन्द जोशीले भीरमा अड्किएका घाइतेको तीन घण्टालगाएर उद्धार गरिएको जानकारी दिनुभयो ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो ।

गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ । यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...