केही भागमा मेघ गर्जनसहित वर्षा हुने तर गर्मी कम नहुने



हाम्रो इकोनोमि

 

केही दिन देखि बढ्दै गएको गर्मीले जनजीवन प्रभावित भएको छ । यस बर्ष मनसुन ढिलो हुँदा देशभर गर्मी ह्वात्तै बढेको जनाइएको छ ।

केही स्थानमा बर्षा हुँदा केही राहत मसहुस भईरहेको छ ।

आज सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने जानकारी दिइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिँउसो देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकाले कम हुने उनीहरुले दावी गरेका छन् ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना देखिएको छ । अझै एक दुई दिनको मौसम यस्तै रहने देखिएको छ ।

असार २ गते (सोमबार) दिउँसो: देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमीका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका पहाडी भु-भागमा एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ३ गते (मंगलबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ४ गते (बुधबार) दिउँसो: देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। राति: देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...