घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य



हाम्रो इकोनोमि

 

आर्थिक बर्ष २०७६ / ०७७ को बजेटबाट सरकारले सडक सुधार कर भन्दै पेट्रोलियम पदार्थम १ रुपैयाँ कर लगाउने निर्णय गरेको थियो ।

योसँगै अब आर्थिक बर्षको सुरुदेखि नै पेट्रोलियम पदार्थको मुल्य बढ्ने भनिएको थियो ।

तर मुल्यलाई समायोजन गर्न सकिनेगरी आजैदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ ।

 

सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

यसले गर्दा अब आर्थिक बर्षको सुरुदेखि बढेपनि अहिलेभन्दा कम मुल्यमा नै पाईनेछ ।

जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ ।

डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको गोइतले बताए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...