ट्याक्टर दुर्घटना : सबैको मनमा वस्न सफल शिक्षकको मृत्यु ! सिंगो गाउँ नै शोकमग्न



हाम्रो इकोनोमि
हिजो राति भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । डडेल्धुरामा एक शिक्षकको ट्याक्टर दुर्घटनामा परी ज्यान गएको छ । आलिताल गाउँपालिका–८, कुर्जेनियामा हिजो राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा आलिताल गाउँपालिका–८ का पदम राना समान्य घाइते भएका छन् । दुर्घटनापछि चालक धनजित धामी फरार रहेका छन् । उनको खोजी भइरहेको आलीताल प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिनुभयो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...