विषालु च्याउ खाँदा ६ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

जंगली च्याउ खाँदा एकै परिवारका चार दिदी बहिनीसहित ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरी छन् ।

 

निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् । दुई दिनअघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।

 

विषालु च्याउ खाएर ११ जना बिरामी परेका थिए । बिरामी गरेका नाैजनाको कावासोतीस्थित मध्यविन्दु अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । बिरामीहरुमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी चारजनाको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...