यो कस्तो भाग्य ? गाउँलेको उपचार गर्न गएकी १९ वर्षीया नर्सको मृत्यु !



हाम्रो इकोनोमि

सुन्दर सपना बोकेर हिडेकी एक युवतीको ज्यान गएको छ । आँखुखोला हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै दाङ घर भएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर ज्यान गएको जनाइएको छ ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत विपना ‘प्राक्टिकल’ का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी थिईन् ।

कलेजबाट उनी ‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थ्य केन्द्रमा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो ।

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...