यो कस्तो भाग्य ? गाउँलेको उपचार गर्न गएकी १९ वर्षीया नर्सको मृत्यु !



हाम्रो इकोनोमि

सुन्दर सपना बोकेर हिडेकी एक युवतीको ज्यान गएको छ । आँखुखोला हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै दाङ घर भएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर ज्यान गएको जनाइएको छ ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत विपना ‘प्राक्टिकल’ का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी थिईन् ।

कलेजबाट उनी ‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थ्य केन्द्रमा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो ।

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...