ठूलो भुकम्प आउँछ भनेर प्रकाउ परेका अर्जुनकी आमा छोराको बारेमा यस्तो भन्छन (भिडियो अन्तरवार्ता)



हाम्रो इकोनोमि

 

 

आफूलाई ज्योतिष भनेर चिनाउँदै आएका अर्जुन क्षेत्री यतिबेला प्रहरी हिरासतमा छन ।

केही युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिने क्रममा जेठ महिना भित्र ठूलो भुकम्प आउँछ भनेर अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई गत जेठ २४ गते पक्राउ गरेको हो ।

अर्जुन क्षेत्रीलाई धेरैले गलत भनिरहेका बेला उनकी आमा मिडियामा आएर मेरो छोरा सत्य छ भन्दै दाबि गरेकी छिन् छोराले गरेको धेरै भविष्यवाणी मिलिरहेको पनि बताउँछिन् ।

ज्योतिष पढ्छु भनेर धेरैनै जिद्दी गरेपछि आफूले ५ लाख खर्च गरेर पढ्न पठाएको उनी बताउछिन् ।

तर आमा छोरा बिचकै धेरै कुरा नमिलेको पाइयो, छोरा अर्जुनले बुबा आर्मी हुनुहुन्थ्यो भन्दै आएका थिए भने ,आमा भन्छिन् आर्मी हैन ।

छोराले बोलेको धेरै कुराहरु मिलिरहँदा एउटा कुरा नमिल्दैमा प्रहरीले पक्राउ गर्न नमिल्ने भन्दै अर्जुनलाई छाड्न प्रहरीलाई अनुरोध समेत गरेकी छिन् ।

आमाको अभिव्यक्ति सुनिसकेपछि सर्बसाधारणले आमा पनि झुट भएको भन्दै प्रतिक्रिया दिन थालेका छन ।

आफुलाइ कहिले ज्योतिषी त कहिले फेस रिडर बताउदै आएका अर्जुन छेत्रीको कथित डरलाग्दो भबिस्यबाणी खेर गएसगै उनको ठगी धन्दाको सप्रमाण पर्दाफास भइसकेको छ ।

खास नाम अर्जुन थापा रहेका उनले आफ्नो उमेर ,पढाइ र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको छ ।

आफुलाइ स्नातकोत्तर अध्ययन गरेको बताउने उनले एसएलसी मात्र पास गरेको समेत खुलेको छ । हेर्नुहोस अर्जुन क्षेत्रीको आमासंग गरिएको भिडियो अन्तरवार्ता ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...