अर्बपति विनोद चौधरीको इन्स्योरेन्समा, यौनकाण्ड लागेका अध्यक्ष, फरार अभियुक्तलाई सिइओ



 

‘कहिँ नभएको जात्रा देख्न पाइन्छ हाम्रो बैंकिङ क्षेत्रमा । बैंकिङ क्षेत्रमा सुरा र सुन्दरी काण्डबारे सुनिएकै हो । आज हामी चर्चा गर्दैछौं इन्स्योरेन्स कम्पनीको । भूमाफिया शोभाकान्त ढकालहरु सञ्चालक रहेको कुमारी बैंक पछिल्ला काण्डै काण्डमा फस्दै गएको छ । यस अगाडिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदयकृष्ण उपाध्याय यौनकाण्ड लागेर बैंकबाटै राजीनामा दिएर हिडे ।

 

सोही बैंकका अर्का सञ्चालक चाहिँ बालुवाटारको सरकारी जग्गा कीर्ते अभियोगमा डामिए । सरकारी जग्गा व्यक्तिको नाममा पार्ने मुख्य नाइके शोभाकान्त ढकालले पनि सञ्चालकले राजीनामा दिएका छन् । सरकारी जग्गा ब्यक्तिका नाममा सार्न महत्वपूर्ण भूमिका खेलेको आरोप लागेका डा. शोभाकान्त ढकालका काला कर्तुतहरु सार्वजानिक भए पछि उनी राजीनामा दिएर फरार भएका छन् ।

 

ढकाल कुमारी बैंकको सञ्चालक समिति सदस्य हुन् र उनी यो काण्डमा जोडिएका व्यापारी मिनबहादुर गुरुङको व्यापारीक पार्टनर पनि । हालैमात्र ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पार्नमा उनै गुरुङसहित ढकालहरुको समेत प्रत्यक्ष संग्लगनता भेटिएको पृष्टि भएसँगै उनी राजीनामा दिएर हिडेका हुन् । ढकाल कुमारी बैंकमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

उनीमाथि वालुवाटारको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको आरोप लाग्दै आएको छ । विभिन्न भूमाफियालाई प्रयोग गरेर सरकारी जग्गा हत्याउने मिन बहादुर गुरुङका व्यवसायिक पार्टनरका रुपमा समेत चिनिएका ढकालको समूहले वालुवाटारमा रहेको १ सय १३ रोपनी सरकारी जग्गा आफ्नो बनाएर नेकपाका महासचिव विष्णु पौडेललाई बेच्न सफल भएका थिए । यो छानबिन प्रकरण ढकालतिर सोझिए पछि उनी राजीनामा दिएर देशै छोडेर हिडेका छन् । ढकाल प्रधानमन्त्री निवास बालुवाटारको जग्गा ब्यक्तिको नाममा ल्याउने गिरोहमध्येका प्रमुख गिरोह हुन् ।

 

नेकपाका महासचिव विष्णु पौडेल र आफ्नी श्रीमती उमा ढकालको नाममा रहेको ठूलो कित्ता शेयरको बलमा ढकाल कुमारी बैंकको संचालक बन्दै आएका उनी स्याङ्जा पञ्चमूलको सामान्य परिवारमा जन्मिएका हुन् । तर मुख्य पेशा नै जग्गा दलाली गर्दै आएका उनी यसकै आडमा शक्तिकेन्द्रहरुसँग नजिकिदै आएका थिए ।

 

उसो त कुमारी बैंकको काण्ड यतिमै सीमित छैन् । यस अगाडि दुगड ग्रुपका तर्फबाट सञ्चालक थिए नरेश दुगड । उनी र उनको परिवार नै कालोबजारी तथा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको । तर उनी कुमारी बैंककै सञ्चालक बनेर रहे । लामो समयसम्म यो प्रकरण बाहिरिए पछि उनी पनि त्यहाँबाट निस्कासित भए । उता बैंकका अध्यक्ष सन्तोषकुमार लामाको काण्डहरु बाहिरिएका छन् ।

यता उस्तै लफडा छ युनाइटेड इन्स्योरेन्समा । विगतमा यौनकाण्ड लागेर कुमारी बैंकबाट जागिरबाट राजीनामा दिएर हिडेका उदयकृष्ण उपाध्याय अहिले त्यहाँको अध्यक्ष बनाइएका छन् । चौधरी ग्रुपका स्वामित्व रहेको यो इन्स्योरेन्समा मात्र होइन् । युनाइटेड फाइनन्सको नेतृत्व गर्न पुगेको अजयकुमार मिश्र समेत उस्तै विवादित पृष्ठभूमिका व्यक्ति हुन् । विगतमा दुईवटा अदालत काठमाडौं र उच्च अदालत पाटनका फरार अभियुक्त भएका मिश्रलाई अहिले फाइनान्सको सिइओ बनाइएको हो ।

मिश्र बैङ्किङ कसुरमा मुद्दा खेपिरहेका छन् । जनता बैङ्कसँग गाभिनुअघि मिश्रले तत्कालीन सिद्धार्थ डेभलेमेन्ट बैङ्कबाट हुँदै नभएको जग्गा धितोमा राखी २ करोड कर्जा प्रवाह गरेका थिए । काठमाडौंको तीनकुनेमा रहेको बैङ्कको शाखाबाट कृष्ण चौधरीका नाममा उक्त कर्जा प्रवाह गरेका थिए । यो बसन्त चौधरीहरुको लगानी रहेको फाइनन्स हो । यो काण्ड बाहिरिए पछि अहिले पनि सो इन्स्योरेन्स सिइओ बिहिन अबस्थामा चलिरहेको छ । सो इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी रमेश कुमार भट्टराईले सम्हालिरहेका छन् । अर्वपति चौधरी पनि यस्ता विवाद्स्पद् पात्र हुन उनी जहाँ जहाँ जोडिन्छन् त्यही विवादित बन्छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी