रामेछापमा रक्सी पिएर बस चलाउँदा दुर्घटना, दुईको मृत्यु, १३ जना घाइते



हाम्रो इकोनोमि

 

मन्थली, ३१ जेठ । रामेछाप जिल्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछाप आउँदै गरेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुराँसे भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरूको बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको दोरम्बा गाउँपालिका ६ लखनपुरका वडाध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...