फुर्सदमा वामदेव : बिहान एक घन्टा वाक, एक घन्टा एक्सरसाइज (तस्बिरहरू)



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले अचेल फुर्सदिला छन्।प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका र पार्टीमा पनि कुनै भूमिका नपाइसकेका गौतमले बिहानको समय शारिरीक व्यायाममा खर्चिइरहेका छन्। दुई दिनयत उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गरेका छन्।

 

बुधबार फेसबुक पेजमा घरमै व्यायाम गरेको फोटो सार्वजनिक गरेका गौतमले बिहिबार मर्निङ वाकको फोटो सार्वजनिक गरेका छन्।गौतमनिकट पत्रकार विश्वमणि सुवेदीकाअनुसार गौतमले २०६६ सालदेखि नियमित व्यायाम गर्दै आएका छन्।२०६५ सालमा गृहमन्त्री हुँदा मुटुमा समस्या देखिएपछि उनलाई आकस्मिक रूपमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

 

त्यसपछिलगत्तै थाइल्याण्डमा उपचार गराएका गौतम व्यायाम थालेपछि भने बिरामी नपरेको सुवेदीले बताए।गौतमले छोरा हरिषदेव गौतमसँगै बिहान एक घन्टा घरमै व्यायाम गर्छन्, त्यसपछिको उनले एक घन्टा हिँडेर बिताउँछन्।

 

बिहान ४ बजेनै उठेर व्यायाम थाल्ने गौतम त्यसपछि एक घन्टा भैँसेपाटीको घरदेखि मगरगाउँसम्म हिँडे गर्छन्।६९ वर्षका उनले खानपिनमा पनि ध्यान दिन्छन्। उनको खानामा अन्न र नुन एकदमै कम, सागपात र माछा हुने गर्छ। ‘कहिलेकाँही कुखुराको मासु खाए पनि उहाँले रातो मासु खानुहुन्न’ सुवेदीले भने।

सबै तस्बिरहरू वामदेव गौतमको फेसबुकबाट।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...