ओम अस्पतालमा पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटिएपछि विरामीको मृत्यु



हाम्रो इकोनोमि

 

ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’ रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।

 

यसरी भयो रामप्यारीको मृत्यु

इन्द्रावती गाउँपाालिका-१०, सिन्धुपाल्चोककी रामप्यारी बिहीबार स्वास्थ्य जाँच गराउन ओम अस्पताल पुगेकी थिइन् । उनको पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो । अस्पतालले शुक्रबार अपरेशन गर्ने भन्यो ।

 

शुक्रबार रामप्यारी घरमा खाना पकाएर आफन्तलाई खुवाएपछि आफू भने अपरेशनका लागि भोको पेट अस्पताल पुगिन् । डा. रविन कोइरालाको नेतृत्वमा उनको अपरेशन भयो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप ह्वात्तै घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, रामप्यारीलाई आईसीयूमा राख्यो । अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगायो ।

त्य

ही दिन अर्को अपरेशन गरियो । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याकिएको डा. कोइरालाले विरामीको आफन्तलाई जानकारी दिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । खड्कले बताए, ‘हामीले दिनमा ६० हजार रुपैयाँसम्म औषधी प्रयोग गरेका छौँ । उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’ अप्रेशनपछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको थियो । तर, बिहीबार विहान दुःखद खबर घोषणा गर्‍यो ।

 

पीडितको माग

अस्तालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् । तर, यसबारे अस्पतालले केही नबालेको खड्गले  बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...