बलात्कारीलाई नपुसंक बनाउन सुई दिइने विधेयक पारित



हाम्रो इकोनोमि

 

नेपालमा अहिले बलात्कार एकदमै ठुलो चुनौतीको रुपमा देखिएको छ । भारतमा पनि बलात्कारका घटना लगातार बढ्दै गएका छन् । यो बिचमा अमेरिकाको अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार बलात्कार रोक्न एक विधेयकमा हस्ताक्षर गरेकी हुन् । विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ ।

सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ भनिन्छ । सुई प्रयोग गर्न नमान्ने बलात्कारीलाई जेलबाट मुक्त नगरिने पनि विधेयकमा उल्लेख छ ।

यस्तो सुई भने दोषी आफैंले किन्नुपर्नेछ । तर, यस्तो सुई प्रयोग गर्ने अन्तिम निर्णय भने न्यायाधिशले गर्नेछन् । अलाबामा राज्यमा १ सेप्टेम्बर २०१९ देखि यो कानून लागू हुने बताइएको छ । अमेरिकाका ७ राज्यमा बाल यौन दुराचारीलाई यस्तो सुई दिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...