बलात्कारीलाई नपुसंक बनाउन सुई दिइने विधेयक पारित



हाम्रो इकोनोमि

 

नेपालमा अहिले बलात्कार एकदमै ठुलो चुनौतीको रुपमा देखिएको छ । भारतमा पनि बलात्कारका घटना लगातार बढ्दै गएका छन् । यो बिचमा अमेरिकाको अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार बलात्कार रोक्न एक विधेयकमा हस्ताक्षर गरेकी हुन् । विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ ।

सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ भनिन्छ । सुई प्रयोग गर्न नमान्ने बलात्कारीलाई जेलबाट मुक्त नगरिने पनि विधेयकमा उल्लेख छ ।

यस्तो सुई भने दोषी आफैंले किन्नुपर्नेछ । तर, यस्तो सुई प्रयोग गर्ने अन्तिम निर्णय भने न्यायाधिशले गर्नेछन् । अलाबामा राज्यमा १ सेप्टेम्बर २०१९ देखि यो कानून लागू हुने बताइएको छ । अमेरिकाका ७ राज्यमा बाल यौन दुराचारीलाई यस्तो सुई दिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...