माता भन्दै पुज्ने गाईलाई केही पापीहरुले पानीमा विष मिलाएर मारे



हाम्रो इकोनोमि

 

हिन्दु धर्ममा गाईलाई माताको रुपमा पुजा गर्ने गरिन्छ । तर कहिलेकाँही गाइको नै हत्या गरिएका खबरहरु बािहर आउँछन् । भारत हिन्दु बाहुल्यता भएको देश हो यहाँ गाईलाई धेरै सम्मान गर्ने गरिन्छ ।

तर, अहिले एक समाचार समाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा तपाई देख्न सक्नुहुन्छ गाइ मरेका छन् । भारतको राजस्थानको लांबा गाउँमा सुंगुर मार्नको लागि हालिएको विष पिएर दर्जनौं गाइवस्तु मरेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार दर्जनौं जनवार घाइते पनि भएका छन् । घाइते जनवारको उपचार भइरहेको समेत्त प्रहरीले बताएको छ । जनवार मरेको खबर पछि आएका मुख्य कन्स्टेबल रामकरण सिंहका अनुसार यो घटनाको बारेमा लांबा निवासी मिथुन सरगराले दिएका थिए । विषालु दाना खानाले ५ भैंसी, २ नील गाई एक गाइ सहित डेढ़ दर्जन सुंगुर मरेका छन् ।

३ भैसी ओमप्रकाश पुत्र हरिराम सरगरा, १ भैंसी बाबूलाल पुत्र हरिराम १ गाई कुनाराम पुत्र लादूराम ईरानीको भएको बताइएको छ । ठाउँठाउँमा सुंगुरको शब फेला परेको छ ।

विष यत्तिसम्म खत्तरानाक थियो कि मरेका जनवारको आँखाबाट रगत आएको थियो । पशुधन सहायक मादाराम विश्नोई, नोडल अधिकारी नवीन जयसवाल, दिनेश चौधरी, ओमप्रकाश सिरवी, गजेंद्र सिंह सहित पशु चिकित्सकले मृत जानवरको पोस्टमार्टम गरेर विसरा जाँच गर्नलाई नमुना लिएका छन् ।

मरेका जनवारलाई खाल्डो खनेर गाडीएको छ । विष भएको चारो दिएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...