टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ



हाम्रो इकोनोमि

 

 

टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ ।

बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो। 
रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ। टिपर चालक भने फरार रहेको भन्दै खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ।
सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जान लागेको आफन्तको भनाइ छ। सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...