५७ लाख रुपैंयाँसहित भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

५७ लाख ७९ हजार ४९० रुपैंयाँ स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका–७ स्थित दशजगा क्षेत्रबाट स्रोत नखुलेको ५७ लाख ७९ हजार ४९० नेपाली रुपैंयाँँसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिएका छन् ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको जनाइएको छ ।

उनलाई पक्राउ गरी बरामद नगद रूपैयाँसहित आवश्यक छानबिन एवम् कार्वाहीका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...