हावाहुरीले बुद्धको जहाज उँडायो, भैरहवा डाइभर्ट



हाम्रो इकोनोमि

 

बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ ।काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ ।

 

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको छ । भैरहवा डाइभर्ट भएको बुद्धको जहाज नेपालगन्जका लागि फिर्ता हुने क्रममा रहेको उनले जानकारी दिए । बुधबारदेखि नै संचालनमा आएको धनगढी विमानस्थलमा जहाज पुग्ने बेलासम्म मौसम सामान्य भइसकेको थियो ।

 

काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको धनगढी विमानस्थलले जानकारी दिएको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।

 

काठमाडौं विमानस्थलमा के छ सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल छिरेपछि बुधबार बिहान यसको प्रभाव देखिएको हो । वायुको प्रभाव मध्यपश्चिम क्षेत्रसम्म देखिने विभागको अनुमान छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भने सामान्य अवस्थामा उडान-अवतरण भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...