कपाल लामो, बाक्लो र चम्किलो बनाउन चाहनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् प्याजको रस



हाम्रो इकोनोमि

 

प्याज निकै सजिलै पाइने खाद्य वस्तु हो । धेरैजसो मानिसहरु यसको तिखो गन्ध र काट्दा आँसु आउने भएकाले यसलाई रुचाउँदैनन् ।

तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ ।

प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ जसले कपालको विकासमा मद्दत गर्दछ । त्यसकारण धेरैजसो मानिसहरु कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्दछन् ।

प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झर्न रोकिने र टाउकोको संक्रमण आदिबाट जोगाउन मद्दत गर्दछ ।

यो घरेलु उपायले कपाल चम्किलो र बलियो बनाउनका लागि निकै अद्भुत तरिकाले काम गर्दछ ।

यदि तपाईं पनि आफ्नो कपाललाई स्वस्थ, चम्किलो र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसले बनाएको हेयर प्याकको प्रयोग गर्नुहोस् ।

प्याजको रसः

प्याजको रस निकालेर त्यसलाई आफ्नो टाउकोको छालामा लगाएर २०–३० मिनेटसम्म यत्तिकै छोड्नुहोस् ।

यो क्रममा आफ्नो टाउकोलाई रुमालले बेर्नुहोस् ता कि कपालको जराले प्याजको रस सोस्न सकोस् । त्यसपछि स्याम्पुले राम्रोसँग नुहाउनुहोस् ।

प्याजसँग बियरः

बीयरले तपाईंको कपाललाई प्राकृतिक रुपमा चम्किलो बनाउँछ । प्याजको रसलाई

बियरमा मिसाएर लगाउँदा कपाल निकै चाँडै बढ्नुका साथै चम्किलो पनि हुन्छ । कपाललाई बढाउनका लागि यो उपायलाई एक हप्तामा दुई पटक प्रयोग गर्नुहोला ।

प्याज र नरिवलको तेलः

तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ ।

प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउनुहोस्, मज्जाले निचोर्नुहोस् र कपाललाई बेर्नुहोस् ।

प्याजको रससँग महः

कपालको विकासका लागि यो निकै प्रभावकारी उपाय हो । यो प्याकलाई बनाउनका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनुहोस् ।

यो पेष्टलाई टाउकोको त्यो भागमा लगाउनुहोस् जहाँ कम कपाल छन् ।

प्याजसँग कागतीः

कागती र प्याजको रसको प्रयोगले कपाल बढ्न सहयोग गर्दछ । कागतीको रसले टाउकोको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गराउँछ ।

प्याजको रस र रमः

कपालको विकासका लागि प्याजको रसको प्रयोग सबैभन्दा सजिलो तरिका हो । यसका लागि तपाईंले कोरेसोमा कोरेर राखेको प्याजलाई एक गिलास रममा रातभरी भिजाएर राख्नुपर्ने हुन्छ । बिहान यसको मिश्रण छानेर तपाईंले टाउको मसाज गनुपर्ने हुन्छ । यसो गर्दा तपाईंको कपाल बलियो हुन्छ र चाँडै बढ्न पनि सहयोग पुर्याउँछ ।

प्याज र अण्डाको सेतो भागः

अण्डा कपालको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा त थाहा नै होला । लामो कपालको चाहना राख्नेहरुका लागि प्याज र अण्डाले बनेको हेयर प्याक निकै लाभकारी मानिन्छ ।

यो प्याकलाई बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । त्यसपछि यो प्याकलाई २० देखि ३० मिनेट आफ्नो भिजेको कपालमा लगाएर स्याम्पू लगाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...