दुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार राति विराटनगर- ९ को एक होटलबाट भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया-७ घर भएका २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो ।

 

प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सो पेस्तोलको म्याग्जिन थान-१ र म्याग्जिनमा लोड भएको ४ राउण्ड बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनकै साथबाट कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र उनको पाइन्टको गोजीमा ३ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हतियारसहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...