राजदूत नियुक्तिले परराष्ट्रमा खैलाबैला, पार्टी कार्यालय दिए वापत राजदूत ?



हाम्रो इकोनोमि

 

गत साता परराष्ट्रमन्त्रीको जानकारीबिना नै चार देशका राजदूतमा सिफारिस भएका छन् ।

दावाफुटी शेर्पा

देशको शासनसत्ता यसरी व्यक्तिमा केन्द्रित भएको छ कि सम्बन्धित मन्त्रीहरुलाई समेत जानकारी नदिई मन्त्रालयसँग सम्बन्धित निर्णयहरु हुन थालेका छन् । शक्तिकेन्द्रहरुको चलखेल र आर्थिक लेनदेनको प्रभावले सरकारका मन्त्रीहरुसमेत निरीह बनेका छन् ।

विधि र मापदण्ड मिचेर चलखेलका आधारमा सरकारले चार देशमा राजदूत नियुक्ति सिफारिस गरेपछि परराष्ट्रकै अधिकारीहरुले अचम्म मानेका छन् । परराष्ट्रकै अधिकारीले यसपटक मिडियामार्फत् राजदूत नियुक्त भएको थाहा पाएका थिए । जबकि परराष्ट्र मन्त्रालयले नै राजदूत नियुक्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनुपर्दथ्यो ।

ठूला नेताहरुको चलखेलका कारण राजदूत नियुक्तिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत छलफल गरिएन । राजदूत नियुक्तिसम्बन्धी कार्यविधिलाई हेर्दा समेत हेरिएन । जसले यो नियुक्ति निकै विवादमा परेको छ ।

 

९ महिनाअघि मात्र नेकपामा प्रवेश गरेका चितवनका महेश दाहाललाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरिएको छ । उनी विगतमा कांग्रेसको राजनीतिमा थिए । कांग्रेस सरकारमा भएका बेला नेपाल टेलिभिजनको अध्यक्ष भएका थिए । कूटनीतिसम्बन्धि कुनै ज्ञान नभएका उनी प्रचण्डसँगको निकटताकै कारण राजदूत हुने मौका पाएका छन् ।

 

त्यस्तै स्पेनका लागि राजदूत सिफारिस भएकी दावाफुटी शेर्पाको बारेमा यसअघि कसैलाई पनि थाहा थिएन । प्रथम सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन् उनी । शेर्पा परिवारको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताकै आधारमा उनले राजदूत बन्ने अवसर पाएकी छन्् । जबकि परराष्ट्र मन्त्रालयले स्पेनमा नेपाली दूतावास नै आवश्यक नभएकाले त्यसलाई अन्यत्र सार्नका लागि प्रक्रिया अघि बढाएको थियो ।

 

कतारका लागि राजदूत नियुक्त भएका नारद भारद्वाज वाग्ले प्रधानमन्त्री केपीका साथी भएकाले राजदूत हुने अवसर पाएका हुन् । ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा उनको नाम श्रीलंकाको राजदूतमा सिफारिस भएको थियो । तर, सरकार फेरिएपछि उनको संसदीय सुनुवाई भएन ।

 

कतारमा यसअघि पनि चलखेलका आधारमा राजदूत नियुक्त हुँदा दुई देशको सम्बन्धमै समस्या आएको थियो । कृषि विकास बैंककी कर्मचारी मायादेवी शर्मालाई कतारको राजदूत बनाउदा उनले कतार खुला जेल हो भनेर अन्तर्वार्ता दिएपछि उनलाई हटाउनुपरेको थियो ।

 

त्यस्तै बंगलादेशका लागि सिफारिस भएका डा.बंशीधर मिश्र पूर्व स्वास्थ्य मन्त्री हुन् । माधव नेपालको कोटामा उनले राजदूत बन्ने अवसर पाएका छन् । यसअघि कांग्रेस नेतृ पुष्पा भुषालका श्रीमान डा.चोपालाल भुषाल बंगलादेशको राजदूत रहेकोमा सरकारले फिर्ता बोलाएको थियो । स्पेनका राजदूत भरत रायमाझीलाई पनि फिर्ता बोलाएर खाली गराइएको थियो ।

 

कांग्रेस सरकारले नियुक्त गरेका धेरै राजदूतलाई फिर्ता बोलाए पनि जापानकी प्रतिभा राणा लगायतलाई भने फिर्ता बोलाइएको छैन । प्रतिभा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु भएकाले देउवाकै दबाबमा उनलाई नहटाइएको हो ।

 

अब दक्षिण कोरिया र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा राजदूत पद रिक्त छ । त्यहाँ नियुक्तिका लागि समेत चलखेल भइरहेको छ । रिक्तमध्ये आधा पदमा परराष्ट्रका कर्मचारीलाई राजदूत बनाउने कार्यविधि भएपनि सरकारले त्यसलाई मिच्दै गएपछि परराष्ट्रमा असन्तुष्टि बढेको छ ।

 

पार्टी कार्यालय दिए वापत राजदूत ?

सरकारले गत बिहीबार चार देशका लागि राजदूत सिफारिस गरेको छ। विगतमा जस्तै यसपटकको राजदूत सिफारिस पनि विवादमुक्त भने हुन सकेको सकेन । चलखेलको आधारमा राजदूत नियुक्त गरेको आरोप लागेको छ ।

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भागबन्डा गरेर परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतार र स्पेन, दाहालले अष्ट्रेलिया र नेपालले बंगलादेशका राजदूत भागबन्डा गरेका हुन्। जसअनुसार महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) राजदूत सिफारिस भएका छन्।

 

उनीहरुमध्ये दाहाल केही महिनाअघि मात्र नेकपा प्रवेश गरेका थिए । उनले विगतमा कांग्रेसमा थिए । कांग्रेसकै कोटामा नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त भएका थिए । प्रचण्डको गृहनगर चितवनका बासिन्दा हुन् । प्रचण्डकै सिफारिसमा उनी राजदूत भएका हुन् ।
राजदूत सिफारिस भएकी दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन्।

३४ वर्षकी उनी राजदूत नियुक्त भएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको पारिवारीक सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन्।

 

उनी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए। सोही वापत उनले राजदूत हुन पाएको चर्चा परराष्ट्र मन्त्रालयमा छ ।

 

नारद भारद्वाज यसअघि कोरियाका लागि राजदूत सिफारिस भएकोमा सरकार परिवर्तन गरेपछि संसदीय सुनुवाईमा पठाइएको थिएन । डा. मिश्र पूर्व स्वास्थ्यमन्त्री हुन् । पार्टीका नेता र पैसाका आधारमा यसपटक राजदूत नियुक्त भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...