विद्यार्थी पढाउन नसक्ने भए शिक्षण पेसा छाडेर अन्य पेसा अपनाउनुहोस् : शिक्षामन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनु भएको छ ।कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको विचार राख्दै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिनुभएको हो ।

 

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उहाँले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको पनि स्पष्ट पार्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘सबैभन्दा राम्रा मान्छे शिक्षण पेसामा आउने हो । सक्नुहुन्छ भने शिक्षण पेसा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेसा छाडेर अन्य पेसा अपनाउनुहोस् ।’

 

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ पुग्नु भएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ, १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेसा अँगाल्न सक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ ।’

 

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको दाबी गर्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो ।

 

उहाँले नेपाली क्रिकेट टिमका कप्तान पासर खड्काको उदाहरण दिदैं भन्नुभयो, ‘पारस खड्काहरु क्रिकेट खेलेर पनि आफ्नो भविष्य बनाउन सफल भएका छन् ।

 

आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।’ आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उहाँले स्थानीय सरकारलाई निर्देशन दिनुभयो ।

 

मन्त्री पोखरेलले भन्नुभयो, ‘सरकारले दक्ष शिक्षक उत्पादन गर्न शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेको छ । भोटका आधारमा र नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोला, त्यसरी भर्ना गरिएका शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव छैन ।’

 

देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...