गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल



हाम्रो इकोनोमि

 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भन्नुभयो, “गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।

 

मन्त्री अर्यालले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताउँदै गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट पार्नुभयो । निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उहाँले गुठी विधेयकबारे आशङ्का नगर्न आग्रह समेत गर्नुभयो । आज बिहान ११ बजेर १० मिनेटमा शुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएको थियो ।

 

नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरी सांसदले बैठकमा अवरोध गरेपछि बैठक स्थगत भएको थियो ।

 

सो घटनाबारे गृहमन्त्रीले सभामा जवाफ दिने आश्वासन पाएपछि बैठक शुरु भएको थियो । सभामा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य होइन भन्दै यसले समाजमा ल्याउने समस्याबारे संसद्लाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको भनी आपत्ति जनाउनुभयो । सांसद वृषेशचन्द्र लाल र सरिता प्रसाईँले गुठी विधेयक संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेप्से एकैदिन १०५ अंकले गिरावट

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...