भारतीय गायिका नेहाको कार्यक्रममा लफडा, इभेन्ट सञ्चालकसहित ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

भारतीय गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेका छन् । उनीहरुलाई सोह्रखुट्टे बृत्तमा थुनामा राखिएको जनाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो।

नेहाले  लर्ड अफ ड्रिंक्स क्लबमा शनिबार राति प्रस्तुति दिएकी थिइन् । क्लबको सबै स्थानमा मान्छेको घुइँचो रहे पनि त्यत्तिकै युवा टिकट लिएर बाहिर बसेका थिए।

घिमिरेले प्रस्तुति हेर्न नपाएकाहरुको टिकटको रकम फिर्ता गर्ने बाचा गरेका छन् । प्रहरीलाई समेत सुरक्षा मिलाउन भिडका कारण हम्मेहम्मे परेको थियो । कन्सर्ट हेर्न सुरक्षा निकायका वरिष्ठ अधिकारीदेखि भारतीय राजदूतावासका उच्च अधिकारी पुगेका थिए।

गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् । २५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ ।

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्करलाई काठमाडौंमा प्रस्तुत गरेको हो।

प्रतिक्रिया दिनुहोस
शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...

विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानमा एमाले

      नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन...

गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...