प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्, तर सहयोगीले बिगारे- कमल थापा



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारका हरेक क्रियाकलाप लोकतन्त्र विरोधी रहेको आरो लगाएका छन् ।

 

आइतबार बागलुङमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएपनि सहयोगीहरुले बिगारेको दावि गरे । ‘प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्। तर सहयोगीले एकपछि अर्को घटनामा अधिनायकबादी र देश विरोधी क्रियाकलाप गरेर समस्यामा पारे’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्ने संविधान र सरकार बनाउन जरुरी छ।’

 

अध्यक्ष थापाले मिडिया काउन्सिल विधेयकलाई संशोधनसहित पारित गर्न सरकारलाई सुझाव समेत दिए । राप्रपाले माग गरेको छ। उनले मिडिया काउन्सिल विधेयक बारेमा सरकारको ध्यानाकर्षण गराउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको सुनाएका थिए।

 

अध्यक्ष थापाले राजादेखि विप्लवसमेत अटाउने लोकतन्त्रको वैकल्पिक बाटो खोजी गर्न सरकारको ध्यानाकर्षण समेत गराए। उनले सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत् त्यो समस्याको समाधान गर्न सकिने पनि सुझाए। राष्ट्रिय सहमतिमा पुग्नका लागि गोलमेचनै उपयुक्त विधि हुने उनको ठहर थियो।

 

राप्रपाको देशव्यापी आन्दोलन र यात्राको मुख्य माग पनि त्यही भएको उनले प्रष्ट्याए। थापाले हरेक सरकारु निस्तेजको राजनीतिमा लागेकोले दीगो शान्ति नभएको भन्दै स्थायित्वका लागि गम्भीर बन्ने बेला आएको बताए। यसअघि धेरै गल्ती भएको भन्दै अब गल्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको पनि बताए।

 

अध्यक्ष थापाले कांग्रेस ढुलमुले भएको आरोप लगाए । ‘कांग्रेस नेताहरु बिहान एउटा बोल्छन्, बेलुकी के खान्छन्, अर्कै बोल्छन्’ थापाले भने, ‘एक ढिक्का भएर निर्णय गर्ने भए हिन्दु राष्ट्रको पक्षमा उनीहरुकै अगुवाईमा जान तयार छौं।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...