गलबन्दीका गायक सपुतलाई लाग्यो भाका चोरीको आरोप



हाम्रो इकोनोमि

 

युट्युबमा एक हप्तादेखि १ नम्बर ट्रेण्डिङमा रहेको गायक प्रकाश सपुतको पछिल्लो गीत गलबन्दीलाई भाका चोरी गरेको आरोप लागेको छ ।सपुतको गीतलाई शम्भु राईको पुरानो गीतको लयसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरू भएको हो ।  गलबन्दी गीतको लय, शब्द, संगीतदेखि भिडियोसम्मले चर्चा बटुलिरहेको बेला शम्भु राईको आउ नाचौं साथी हो कम्मर कसेर बोलको पुरानो गीतसँग लय मिल्न गएपछि यतिबेला सपुतको आलोचना भइरहेको छ ।

गीत युट्युबमा सार्वजनिक भएसँगै यसले लोकसंगीतको मिठास र मौलिकता झल्काएको भन्दै सपुतको प्रशंसा भएको थियो । प्रशंसा सेलाउन नपाउँदै आलोचना सुरू भए पनि गीतले पछिल्लो समय नकारात्मक कोणबाटै थप चर्चा बटुल्न सफल भएको छ ।

गीतको प्रशंसा भइरहँदा गलबन्दीले लोकसंगीतमा मौलिकताको उदाहरण पेश गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले समेत बधाई दिएका थिए ।

गीत चोरीको विषयमा गायक शम्भु राईले भने अहिलेसम्म केही बोलेका छैनन् । गायक प्रकाश सपुतले भने राईको गीतको लयसँग आफ्नो गीतको लय मिल्न गएको स्वीकारेका छन् ।

यद्यपि राईको गीतसँग आफ्नो गीतको लय मिल्न गएको देखिए पनि आफुले उक्त गीत कहिल्यै नसुनेको भन्दै सपुतले गलबन्दीको बचाउ गरेका छन् । अब शम्भु राईले आफ्नो धारणा राखेपछि अथवा आफुले राईसँग कुराकानी गरेपछि मात्रै आफुले थप धारणा व्यक्त गर्ने सपुतले बताएका छन् । सपुतको यसअघि सार्वजनिक भएको र्याप ब्याटल समेत प्रशंसा र आलोचनाको शिकार भएको थियो । उनको दोहोरी ब्याटलले दोहोरीकै कत्लेआम गरेको भन्दै आलोचना भएको थियो ।

सार्वजनिक भएको छोटो समयमै ट्रेण्डिङमा परेको सपुतको दोहोरी ब्याटल रेस्लिङ शैलीमा उत्रिएको, शब्द र संगीत गहकिलो नभएको भन्दै आलोचकहरूले टिप्पणी गरेका थिए ।

 

गलबन्दीकि लजालु अन्जलीको बहराइनमा मस्ती (हेरौँ ११ तस्बिर)

 

नेपाली क्लब बहराईनको आयोजनामा सांगीतिक कार्यक्रमको लागि बहराईन पुगेकि गलबन्दी लोकगितकि चर्चित मोडेल अन्जली अधिकारीको मस्ती समाजिक संजालमा देखिएको छ ।

 

प्रकाश सपुतको बोल माया बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी मोडल हुन् अन्जली । यतिबेला प्रकाश सपुतकै गलबन्दी नामक गीतमा पनि यी सुन्दरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

यी दुई गीतमा अन्जली गाउँले लजालु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।

तर उनले दर्जनौं गीतमा निकै हट अवतारमा पनि अभिनय गरेकी छन् । अन्जलीको अभिनय रहेको गलबन्दी अहिले नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

 

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ ।

गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अन्जली अधिकारी र प्रकाश सपुत छन् ।

यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ । गीतमा उनको पृथक कला देखिन्छ ।

प्रेम गीत ३ को अडिसनमा अन्जली

 

रोमान्टिक सिरिज ‘प्रेमगीत’ निर्माण कम्पनी आसुसेन फिल्म प्रोडक्सनले आफ्नो तेश्रो संस्करण ‘प्रेम गीत ३’ को गीत पात्रका लागि अडिसन सुरु गरेको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।

 

२७१४ जना आवेदकहरुबाट टप २५ फाइनल अडिसनका लागि छानिएको थियो । अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिनेछ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् ।

 

छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

 

आइतवारदेखि सुरु भएको अडिसनमा पहिलो दिन गलबन्दी र बोल माया फेम अन्जली अधिकारी, चलचित्र सय कडा दस अभिनेत्री करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसीले आफ्नो प्रतिभा देखाईसकेका छन् ।

आसुसेन को क्रियटिम टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अन्तिम दिन अलिकति फरक किसिमले अडिसन लिइने निर्देशक छेतेन गुरुङले बताए ।

 

निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेटको डिजाईन समेत गरेको थियो । कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो शैली यसअघि नेपाली चलचित्र क्षेत्रमा भएको थिएन ।चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपालभर प्रदर्शन हुँदैछ ।

 

नेपाली सन्नी लियोनी, बाहिरीयो होस उँडाउने यस्तो २५ सेक्सी तस्विर

 

झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् ।

 

 

जुन चलचित्रको निक्कै सफलपनि भयो । भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनका अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण चर्चामा हुन्छिन् । उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका थिए ।

 

‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको थियो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् ।

 

ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । त्यसपछि त उनी नेपाली मिडियामा भाइरल बनिन् । अदितीका केही तस्बिर अहिलेपनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् ।अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।

इस्टाग्राममा अदितीका पनि लाखौँ फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् ।

सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने जमेर अभिनय गरेकी छिन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी थिइन् ।

भारतीय समचारले पोर्न स्टार सनी लियोनी संग तुलना गर्दै गर्दा कतै उनी पनि सनिकै पथमा त छैनन् भन्ने प्रश्न समेत खडा गरेको छ । खास कुरा आउने समयले बताउला । तर उनी नेपाली चलचित्र क्षेत्रमा निक्कै सफल नायिकाको रुपमा स्थापित भइसकेकी छिन् । हेरौ केही अवतार

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...