ठमेल पर्यटन विकास परिषदमा नेकपा समर्थकको हरिबिजोग, यसरी धुलो चटाए कांग्रेस समर्थकले



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निकटका सदस्यहरूलाई धुलो चटाउँदै ठमेल पर्यटन विकास परिषदका कांग्रेस समर्थकले नेतृत्व लिएका छन । नेकपाका नाममा तीन वटा संस्थाले संयुक्त अपिल गरेर अनेक तिकडम गरे पनि कांग्रेस समर्थकका अघि उनीहरू निरीह बन्न पुगेका छन । ठमेलको विकासमा भन्दा पनि अनेक खालका सेटिङमा काम गर्न पाइने भएकाले ठमेल पर्यटन विकास परिषदलाइ अाकर्षण संस्था मानिन्छ ।

 

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा कांग्रेस निकटका प्रकाशनरसिंह राणा निर्वाचित भएका छन । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधान राणाको समूहलाइ धुलो चटाउँदै राणा निर्वाचित भएका छन । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका छन भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका छन ।

 

यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन । राणा समूहमा बागी उम्मेदवारी परेकाले उनीहरू दुइ जनाले सचिव र कोषाध्यक्ष बन्ने अवसर प्राप्त गरेका छन ।

 

यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताएका छन । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले  भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...

विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानमा एमाले

      नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन...

गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...