एसईई परीक्षाको नतिजा प्रकाशनबारे आयो यस्तो जानकारी



हाम्रो इकोनोमि

 

यस वर्षको एसईई परीक्षाको नतिजा ढिला आउँने भएको छ । विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२ भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने देखिएको छ ।

परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने जानकारी दिनुभयो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो  ।

राष्ट्रिय परीक्षा बोर्डले प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित र रद्द गरेका विषयको परीक्षा २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो । यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो  । १० चैतदेखि परीक्षा सुरु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...