६ करोडका दरले सांसदलाई पैसा बाँडियो



 

सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् ।

 

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

 

यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए । सांसदलाई पैसा बाड्ने काम संविधानको मूलमर्म विपरीत भएको र यसले विकासमा खासै फरक नपर्ने भन्दै ४ करोड रुपैयाँ नै हटाउनु पर्ने विज्ञहरुको धारणा थियो ।

कतिपय सांसदहरु स्वयमले नै समेत सांसदको काम कानून बनाउने भएको भन्दै पैसा बाड्न नहुने धारणा राखेका थिए । तर शिर्ष नेताहरुको दबाबका कारण उक्त कार्यक्रम अर्थमन्त्रीले हटाउन नसक्ने चर्चा चल्दै आएको थियो ।

 

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सांसलाई रकम बाड्ने काम सैद्धान्तिक हिसाबमै गलत भएको भन्दै यसको विरोध गर्दै आएका थिए । सांसद आफैले बजेट बनाउने भएकाले कार्यकारीको भूमिका पनि आफैले निर्वाह गर्न नहुने बताउदै आएका थिए ।

 

पहिले स्थानीय तहमा जनप्रतिनिधि नहुँदा यो कार्यक्रम आवश्यक भए पनि तिनै तहको सरकारमा जनप्रतिनिधि आइसकेपछि यो कार्यक्रम हटाउनु पर्ने पूर्वअर्थमन्त्री डा. रामशरणको मत थियो । उनले स्थानीय विकास गर्ने काम स्थानीय तहको भएको भन्दै यसको आवश्यकता नपर्ने बताउदै आएका छन् ।

 

अर्का पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले पनि सांसदलाई रकम बाड्ने काम गलत भएको बताएका थिए ।  कुराकानीमा पूर्व अर्थमन्त्री कोइरालाले कानुन बनाउनेहरु कार्यकारी ठेक्का व्यवस्थापन र विकास निर्माणतिर लाग्नु गलत भएको बताए थिए ।

कुराकानीमा अर्थविदहरु दीपेन्द्रबहादुर क्षेत्री र डा. चन्द्रमणि अधिकारीले समेत सांसदलाई रकम बाड्ने काम बन्द हुनुपर्ने धारणा राखेका थिए ।

 

संघीय सरकारको सिको गर्दै प्रदेश

यो कार्यक्रम संघीय सरकारको मात्रै होइन, प्रदेश सरकारको पनि छुट्टै छ । संघीय सरकारकै सिको गदैृ गत वर्ष पनि ५ वटा प्रदेशहरुले प्रदेश सांसदहरुलाई रकम बाँडेका थिए । २ वटा प्रदेशहरु प्रदेश नम्बर तीन र गण्डकी प्रदेशले भने गत वर्ष आफ्ना सांसदहरुलाई रकम बाँडेन ।

 

यो कार्यक्रमको औतित्य नभएको र विकास निर्माणको काम सांसदले गर्न नमिल्ने भन्दै पैसा नबाडेका यि दुई प्रदेशहरु संघीय सरकारले यस वर्ष बढाएर बाडेका कारण पनि दबाबमा परेका छन् ।

 

प्रदेश ३ नेकपा सचेतकसमेत रहेका सांसद रामेश्वर फुँयालले अनलाइनखबरसँगको कुराकानीमा यस्तो कार्यक्रम आवश्यक नरहेको तर संघीय सरकारले यसपाली पनि राखे आफूहरु दवावमा पर्ने बताएका थिए । उता गण्डकी प्रदेशका मूख्यमनत्रीले गत वर्ष नराखिए पनि अन्य सबैले राखेका कारण दबाबमा परिएको भन्दै यस वर्ष छुट्याउने बताइसकेका छन् ।

 

चालु आवका लागि गत वर्ष प्रदेश सरकारहरुले यस्तो कार्यक्रमका लागि बजेट विनियोजन गरेका थिए । प्रदेश नम्बर १ को सरकारले २ करोडका दरले रकम विनियोजन गरेको थियो ।

 

गत वर्ष प्रदेश २ ले प्रतिसांसद ५० लाख रुपैयाँ छुट्याएको थियो । यस वर्ष भने बढाएर १ करोड पुर्याउने सरकारको तयारी छ । तर यसमा पनि सांसदहरुले असन्तुष्टी जनाउदै २ करोड र्पुयाउनुपर्ने माग राखेका छन् ।

 

यसैगरी प्रदेश ५ ले १ करोड ३५ लाख ३५ हजार, कर्णाली प्रदेशले ५ करोड र सुदुरपश्चिम प्रदेशले २ करोड रुपैयाँका दरले निर्वाचन क्षेत्र तथा सांसदका नाममा बजेट विनियोजन गरेका थिए । यसरी विनियोजन गरिएको रकम संघीय सांसदहरुले र प्रदेश सांसदहरुले छुट्टाछुट्टैै योजनामा खर्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको

नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि

पूर्वसभामुख ढुंगानाको निधन, आज सार्वजनिक बिदा

     पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता