संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौं : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेर्नु पर्ने बताएका छन् । इलाममा मंगलबार नेकपाको जिल्ला कमिटी र स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ खुवाउने कार्यक्रममा उनले दुईतिहाइको सरकार भएकै बेला संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेर्न प्रस्ताव गरेका हुन् ।

 

उनले अहिलेको अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै त्यसलाई पनि बदल्नु पर्ने बताए । ‘संविधानले परिवर्तनको सबै बाटो खुला गरेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘साम्यवादसम्म पुग्न संविधानले ढोका खुला गरेको छ ।’

 

‘निर्वाचनको खर्च नियन्त्रण भएन भने हाम्रो लोकतन्त्र श्रमिक जनताको लोकतन्त्र हुँदैन, यो धनाढ्यहरूको पुँजीवादी लोकतन्त्र हुन्छ’ ‘पुँजीवादी लोकतन्त्रको फन्का मारेर साम्यवादमा पुगिँदैन ’ उनले भने ।

 

खनालले सुरुमा आफूले केही हजारमा चुनाव लडेको बताउँदै अहिले लाख कटेको बताए । अब यसरी बढ्ने हो भने चुनाव लड्न नसकिन्ने बताए । उनले भने, ‘सुरुमा केही हजारमा चुनाव लडेको थिएँ । त्यो खर्च विस्तारै लाखतिर पुग्यो । विगतमा आच्छुआच्छु हुँदै लाखमा चुनाव लडियो, कति लाख ? भन्न जरुरी भएन । अब कुनै पनि निर्वाचन क्षेत्रमा लाखमा चुनाव लड्न सकिँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।’

 

नेता खनालले पार्टी एकीकरण गर्दा मातहतका कमिटी विघटन गर्नु ठिक नभएको समेत बताए । उनले आठ लाख पार्टी सदस्य एक वर्ष निष्क्रिय रहनुपरेकाले त्यसले पार्टीलाई नोक्सान भएको दाबी गरे ।

 

नेकपाका दुई अध्यक्षले पार्टी एकीकरणमा पर्याप्त समय दिन नसकेकाले एकीकरण प्रक्रिया पूरा नभएको उनले टिप्पणी गरेका छन् । ‘बसेर काम गर्दा चाँडै टुंगिन्छ, अध्यक्षद्वयले समय दिन नसकेकाले एकीकरण प्रक्रिया लम्बिएको छ,’ नेता खनालले भने, ‘एकीकरणको दस्तावेज प्रकाशित हुन बाँकी छ, पोलिटब्युरो र सल्लाहकार समिति गठन हुन सकेको छैन ।’ चाँडोचाँडो मिटिङ बस्ने हो भने जेठ महिनाभित्रमै एकीकरण प्रक्रिया पूरा हुने खनालको भनाइ थियो ।

 

नेपालमा ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको बताउँदै नेता खनालले समाजवाद प्राप्तिका लागि तीनै तहको सरकारले इमान्दार भएर काम गर्नुपर्ने जिकिर गरे । उनले स्थानीय र प्रदेश तहमा निर्वाचित प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिए । वैचारिक एकतापछि दुई पार्टीबीच राजनीतिक र सांगठनिक एकता भएकाले त्यसलाई कसैले पनि तोड्न नसक्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...