श्रीमान कमाउँन कतार, श्रीमती अर्कैसँग रमाउन हतार, बाल बच्चाको विचल्नी



हाम्रो इकोनोमि

 

स्वदेशमा रोजगार नभएपछि हरेकको ब्याथा एउटै छ कि परदेश जानु पर्ने स्वदेशमै जति सुकै गर्छु भन्दा पनि नभएपछि आफ्नो घर परिवार आमा बुबा दाजु भाई श्रीमती छोरा–छोरीको लागि केही दिन दूःख गरेर सुखमा राख्ने सपना बोकेर मुगलान छिरेका हुन्छन परदेशी बनेका हुन्छन्पछिल्लो समय श्रीमान विदेशमा पैसा कमाउने श्रीमती अरु सङ्गै रमाउने भन्ने हामीले धेरै सुन्दै आएका छौँ यही पीडा परेको छ धनराज बलम्पाकी मगरलाई धन कमाउन भनी कतार पुगेका उनलाई अहिले ठूलो तनाव परेको छ ।

 

विवाह भएको करिब १५ वर्ष पछि उनकी श्रीमती अहिले अर्कैसँग भागेपछि मगर तनाबमा परेका हुन् । श्रीमानसंँ झुट बोलेर म पनि विदेश जान्छु भन्दै पैसा मागेर १३ वर्षको छोरीलाई काठमाडौं ल्याएर छोडिदिएर ऊनी अर्कै केटासँ भागेकी हुन् ।

 

सँगै जीवन बिताउने बाचा कसम खाएर एक भएका उनिहरू परदेशीनु पर्ने बाध्यताका कारण यसरी छुटिनु परेको छ ३२ वर्षीय मगर र उनकी २९ वर्षिय श्रीमतीको एक मात्र शन्तान छोरी थिइन् र श्रीमान विदेश भएको समयमा अर्कैसँग गएपछि ती १३ वर्षकी छोरीको बिचल्ली भएको छ।नेपालमा रोजगारको ग्यारेन्टी नहुँदा धन कमाउँनको

 

लागि विदेश जानुपर्ने नेपालीहरुको बाध्यता भएको छ । परिवारको खुसी र घर खर्च चलाउनकै लागि धन जोहो गर्न अनि धन कमाएपछि परिवारको साथमा खुसी बाढनको लागि विदेश जाने गरेका छन् । तर पछिल्लो समय वैदेशिक रोजगारीले विकृती निम्त्याउन थालेको छ । धन सम्पत्ति कमाउन श्रीमतीलाई छाडेर विदेश जाने युवाहरुको श्रीमती अर्केसँग फरार हुने उल्टै धन सम्पत्ति वेपत्ता बनाउन, बालबच्चा समेत विचल्नी पार्ने काम भइरहेको छ ।

 

श्रीमान विदेशमा हुने महिलाले सोच्नु पर्ने कुरा यो छ कि श्रीमानले विदेशमा दुःख गरेको आफ्नै लागि हो भोली आफ्नै परिवारको लागि भन्ने कुरा बुझन नसक्दा क्षणिक यौनका कुण्ठालाई धैर्यतामा राख्न नसक्नु विदेश जाने युवाहरुका श्रीमतीहरुको कमजोरी हो । यसरी क्षणिक आनन्दमा लागेर विदेशको ८० डिग्रीको तापमा काम गरेर बसेको श्रीमानलाई घात गर्दा भोली त्यसको परिणाम नराम्रो आउने हुँदा श्रीमान विदेशमा हुने श्रीमतीहरुले धेरै कुरा बुझनु पर्ने जरुरी छ ।

 

यो लेखले सबैको आँखा खुलोस् विदेशमा हुने श्रीमानको मूल्यांकन गरियोस् आफ्नो घर सुन्दर बनाउनुहोस् हाम्रो यो कामना छ । विदेश जानेका श्रीमती अर्कैसँग पोइला जानु, बुढो विदेश जाने साथै परपुरुषसँग यौनमा लिप्त हुने फेसन नबनाइँ विकृतिको रुपमा लिएर आफ्नो परिवारको सुन्दर सपना बनाउनु होला हाम्रो यही कामना छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...